October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको हिमालीमा अधिकृत पुनः दोहोरिए भण्डारी

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर १८, २०८० 0३:३५
बाजुराको हिमालीमा अधिकृत पुनः दोहोरिए भण्डारी

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी कार्यालय प्रमुख पुनःदोहोरिनु भएको छ।

विगत लामो समय देखी गाउँपालिका कार्यालय प्रमुखमा दुई वर्ष भन्दा बढी निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी कामकाज गर्दै आउनुभएको थियोे। संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाए पछि गाउँपालिका जनकलाल चौधरी कार्यालय प्रमुख रहेर काम गर्दै आइरहेका गाउँपालिकाले बताएको छ।

पहिलोको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी सूचना अधिकारी पदमा रहनु भएको थियो। नयाँ अधिकृत आएको तीन महिना पछि सरुवा हुँदा अहिले फेरि कार्यालय प्रमुखको पदमा रहनु भएको छ। गाउँपालिका कर्मचारीले बिधि पुर्‍याइ सबै कर्मचारीहरुले दोसल्ला सहित अबिर लगाए स्वागत कार्यक्रम गर्दै गाउँपालिका कार्यालय निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी आर्थिक तथा प्रशासन जिम्मेवारी पदमा रहनु भएको गाउँपालिकाले बताएको छ।

  • सेती कर्णाली खबर
  • -