September 14, 2025 | आइतवार, भदौ २९, २०८२

हिमाली गाउँपालिका अधिकृत चौधरी सम्मान सहित बिदाई

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर १७, २०८० 0७:३५
हिमाली गाउँपालिका अधिकृत चौधरी सम्मान सहित बिदाई

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी सरुवा भएपछि गाउँपालिकामा सम्मान सहित बिदाई गरेका छन।

संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई गाउँपालिका भाद्र १८ गते बाट हाजिरी भएर कामकाज गर्दै आइरहेको गाउँपालिकाले बताएको छ।

अधिकृत चौधरीको सरुवा भएको हुँदा हिमाली गाउँपालिका अनौपचारिक कार्यक्रम गरेर समान सहित बिदाई गरेका छन। मङ्सिर १७ गते आइतबार अधिकृत चौधरीको गाउँपालिका कर्मचारीले सम्मान गर्दै दोसल्ला ओढाएर गाउँपालिका कार्यालयमा बिदाई गरेका छन। उहाँको थप कार्यकालको शुभकामना दिदै पालिका बाट बिदाई गरेको हिमाली गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -