October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सान्जेन जलविद्युतको काम अन्तिम चरणमा, पुसदेखि बिजुली उत्पादन

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर ४, २०८० 0६:२३
सान्जेन जलविद्युतको काम अन्तिम चरणमा, पुसदेखि बिजुली उत्पादन

काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सहायक कम्पनीमार्फत् बनाइरहेको सान्जेन जलविद्युत आयोजनाबाट आउँदो पुस अन्तिमसम्म बिजुली उत्पादन हुने भएको छ।

४२.५ मेगावाट क्षमताको उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेकाले पुसभित्र बिजुली उत्पादन हुने सान्जेन जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ। १४.८ मेगाावाटको माथिल्लो सान्जेनबाट असोज २१ देखि बिजुली उत्पादन भइसकेको छ

  1. माथिल्लो सान्जेनले बिजुली बेचेर वार्षिक ४० करोड रुपैयाँ आम्दानी गर्छ। सान्जेन जलविद्युतअन्तर्गत ५७.३ मेगावाट क्षमताका दुई आयोजना छन्। दुवै आयोजनाबाट आउँदो असारभित्रै बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको थियो। तर निर्धारित समयमा निर्माण नसकिएपछि आयोजनाकाे म्याद पटक-पटक थपिँदै आएको छ।

दुई आयोजनाबाट ३२ करोड ४३ लाख ५ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। आयोजना बनाउन ७ अर्ब २४ करोड २२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

माथिल्लो सान्जेनको लागत निर्माण अवधिको ब्याजबाहेक २ अर्ब २१ करोड ८० लाख र तल्लोको ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ अनुमान गरिए पनि निर्माणमा भएको ढिलाइ, कोरोना महामारी र डलरको मूल्यवृद्धि र अन्य कारणले गर्दा आयोजनाको लागत बढ्ने कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। लागत कतिसम्म बढ्छ भन्ने कुरा विवरणमा उल्लेख गरिएको छैन। आयोजनामा कर्मचारी सञ्चय कोषको ऋण लगानी रहेको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर ४, २०८० 0६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट