October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जिप दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग

  • सेती कर्णाली खबर
  • आइतवार, कार्तिक २६, २०८० 0३:३४
जिप दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग

उमेश रोकाया/बाजुरा- जिप दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग घाइतेहरूलाई उपचार खर्च गाउँपालिकाले गरेको छ।

कार्तिक १८ गते सनिश्चवार राति धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू भएको हुन। मृत्यु हुने हिमाली गाउँपालिका वडा नम्बर ५ का ४ जना मृतकका परिवारलाई सबैलाई आर्थिक सहयोग गरेको छ। दुर्घटना ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्च स्वरुप २५ हजारका दरले सबैलाई गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले नगदसहित मृतकका परिवारलाई दिनुभएको हिमाली गाउँपालिका सूचना अधिकृत राज बहादुर भण्डारीले बताएका छ्न।

सोही जिप दुर्घटना परि घाइते भएका हिमाली गाउँपालिका वडा नम्बर ५ का प्रकाश बुढथापा, खोम बहादुर मलाल, दान बहादुर बुढा, बिमला मलाल र राज बहादुर मलाल हस्पिटल लागेको उपचार खर्च सबै गाउँपालिकाले सहयोग गरेको छ। मृतकको लास ओसारपसार गाडीमा लागेको खर्च गाउँपालिका आर्थिक सहयोग गरेको सूचना अधिकृत भण्डारीले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • आइतवार, कार्तिक २६, २०८० 0३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट