October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते

  • सेती कर्णाली खबर
  • शुक्रबार, कार्तिक १७, २०८० २३:२८
जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते

१८ कार्तिक, काठमाडौं । गएरातीको भुकम्पमा परी जाजरकोट र रुकुममा ३६ जनाको मृत्यु  पुष्टि भएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने भूकम्पमा परी ४६ जना घाइते भएका छन् । उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।

भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्दारका लागि कर्णाली प्रदेश  प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए ।

उनले भने, ‘ भूकम्प गएको थाहा पाउनासाथ हामीले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्दार टोली  खटाइसकेका छौं।  रातिको समय भएकाले सबै घरमा सुतेका हुन्छन् । भत्किएको घरमा पुरिएकाहरुको उद्दारका लागि हाम्रा साथीहरु परिचालन भइसक्नुभएको छ ।’

रातीको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए । उनका अनुसार, हालसम्मको सूचनामा जाजरकोट र रुकुममा नै ज्यादा क्षति पुगेको छ ।

  • सेती कर्णाली खबर
  • -