October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बडिमालिका ४ मा एक सय बढि भुकम्पपिडित लाई लाई लुगा वितरण गरियाे

  • सेती कर्णाली खबर
  • मङ्लबार, कार्तिक १४, २०८० १५:१२
बडिमालिका ४ मा एक सय  बढि भुकम्पपिडित लाई लाई लुगा वितरण गरियाे

बाजुरा —बडिमालिका नगरपालिका ४ रिलाका करिब एक सयबढि जना भुकम्पपिडित लाई लुगा वितरण गरिएको छ । वडाका विपन्न तथा भुकम्प पिडित गरिब परिवारका बालबालिका लगायतलाई दशै तथा सुभ दिपावलीको अवसर पार्दै लुगा वितरण गरिएको हो ।

बडिमालिका फाउण्डेशन नेपालको समन्वय, तथा Joining Hands For A Change नामक संस्थाको सहयोग र बडिमालिका ४ न वडा कार्यालयको आयोजनामा बिपन्न तथा भुकम्प पिडित बालिकाहरुलाई लुगा वितरण गरिएको वडा अध्यक्ष अर्जुन नाथले बताएका छन् । विपन्न तथा पछाडी परेका बर्गलाइ लुगा वितरण गरिएको अध्यक्षले वताएका छन् ।

सोमबार वडा कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच बालबालिकाहरुलाई लुगा वितरण गरिएको बडिमालिका फाउन्डेसनका अध्यक्ष तथा समाजसेबी प्रकाश सिंहले बताएकछ।

बडिमालिका फाउन्डेसन नेपालले बाजुरामा समस्या परेका बेला विपन्न परिवारलाइ सहयोग गर्दै आएको छ । भुकम्प पिडितलाई खाद्यन्न सामाग्रि पनि वितरण गर्दै आएको छ ।यश अघि यस फाउन्डेसनले बडिमालिका ७ बुढिगंगा नगरपालिका काे केही वडामा समेत खाध्यान्ह र दशै मनाउन नगद सहित सहयाेग गरिसकेकाे छ।

  • सेती कर्णाली खबर
  • -