October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

गाउँका सर्वसाधारण ईन्टरनेट पहुँचमा

  • सेती कर्णाली खबर
  • मङ्लबार, कार्तिक १४, २०८० 0८:0६
गाउँका सर्वसाधारण ईन्टरनेट पहुँचमा

उमेश रोकाया,१४ कार्तिक/बाजुरा- गाउँका सर्वसाधारण ईन्टरनेट पहुँचमा रहेका छन।

बुढिनन्दा नगरपालिका वडा नम्बर ८ मा पर्ने हर्शाली वडा नम्बर ७ को कार्केला माथि पानीनाउला फोरजी ईन्टरनेट निर्माण कार्य सम्पन्न गरि सुचारु गरिएको छ। करिव डेढ बर्षको अथक प्रयासपछि बुढीनन्दा नगरपालिकाको साविकको पाण्डुसैनलाई लक्षित गरेर बनाइएका नेपाल टेलिकम समन्वय बाट फोरजि सेवा संचालनमा आएको छ।

पालिका भित्र रहेका दुईटा टावर निर्माण सम्पन्न भएसंगै वडा नम्बर ७, ८, ९ र १० नम्वर वडाका साविकको पाण्डुसैनमा स्थानीय बासिन्दा फोरजि सेवा सूचारु ईन्टरनेट पहुँचमा रहेका छ। स्थानीयहरुको हातहातमा मोवाइलमा नेटवर्क राम्ररी चलाउन पाउदा आफ्ना आफन्तहरुसंग कुराकाकानी गर्न सहज भएको स्थानीय शैलेन्द्र बुढाले बताएका छन।

लामो समय देखी टेलीफोन सुविधायुक्त भएपनि ईन्टरनेट पहुँच बाट टाढा रहेका थियौं। अहिले भने गाउँ नजिकै 4ज्री टावर निर्माण भएपछि घरबाट ईन्टरनेट चलाउन पाएका छौँ। आजभोलि घर भित्रबाट ईन्टरनेट पहुँचमा हुँदा ईन्टरनेट माध्यमबाट गरिने काम घरमै सेवा सुबिधा लिएका छन। जसले गर्दा पहिला मोबाइलमा नेट चलाउन घर भन्दा अर्को गाउँमा गएर चालाउनु पर्ने अवस्थामा रहेकोे थियो। अहिले घरको कुना कन्दामा ईन्टरनेट चालाउन पाएको छ।

ईन्टरनेट पहुँचमा रहदा गाउँका सर्वसाधारण देखि लिएर जस्तोसुकै मान्छेले मोबाईल बाट विभिन्न खालका सेवा सुबिधा प्रयोग गरेका छन। मोबाइल फेस्बुक तथा भाइभर, हवाटसप देखि लिएर अन्लाईन मोबाइल बैंकिङ कामहरु सहज रूपमा गर्न सजिलैसँग काम भएको छ। भरपर्दो नेटवर्क संगै फोरजि नेटवर्क सहितको सेवा सूचारु भएपछि स्थानीयहरु खुसी भएका छन् स्थानीय दर्शन बोहराले बताएका छन।

घरमा फोरजी ईन्टरनेट सेवा भएपछि ईन्टरनेट माध्यमका कामगर्न राम्रो भएको छ। अझ भन्ने हो भने ईन्टरनेट सहि सदुपयोग गर्नसक्ने जोसुकैलाई उपलब्धि मुलक बन्न सक्ने रहेको छ। अहिले ईन्टरनेट चलाउन टाढा जानबाट मुक्त भएका छौ। कुनै कागज पत्र इमेल गर्न परेमा पनि घरमा बसिरहेको समयमा बेला पठाउन सकिने अवस्था रहेकोे छ। नेटवर्क माध्यम गाउँमा सञ्चालन भए पश्चात् सबै यहाँका स्थानीय बासिन्दा खुशी भएका स्थानीय बोहराले बताएका छन।

  • सेती कर्णाली खबर
  • -