October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिकमा अत्यावश्यक बाहेक अन्य सबै सेवा प्रवाह बन्द

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज २१, २०८० १0:१0
स्वामिकार्तिकमा अत्यावश्यक बाहेक अन्य सबै सेवा प्रवाह बन्द

उमेश रोकाया/बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका कार्यालय काम अत्यावश्यक बाहेक अन्य सबै सेवा प्रवाह बन्द गरेका छन।

स्थानीय तह कर्मचारी केन्द्रिय समितिद्वारा जारी दयावमुलक कार्यक्रममा ऐक्यबद्धता जनाउदै असोज २१ गते आइतबारदेखि स्वामीकार्तिक खापर गाउँपालिका तथा सबै मातहतका सबै वडा कार्यालय बाट अत्यावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने गरि अनिश्चितकालीन पेन डोन गर्ने निर्णय गरेको छन।

सोही निर्देशन बमोजिम सेवा प्रवाह अवरुद्ध हुने समेत जनाएका छन। स्थानीय तहमा कर्मचारी संघर्ष समितिको पत्र र आन्दोलनको कार्यतालिका यस साथ संलग्न राखिएको छ। संघीय निजामती सेवा ऐन मस्यौदामा स्थानीय तहमा कर्मचारीहरु माथि गरिएको विभेदपुर्ण व्यवस्थाका विरुद्ध अनिश्चितकालीन विरोध कार्यक्रम गरिएको स्थानीय तहमा कर्मचारी संघर्ष समिति स्वामीकार्तिक खापर गाउँपालिकाले बताएको छ।

  • सेती कर्णाली खबर
  • -