October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सडक मर्मतकाे माग गर्दै बुढिगंगा नगरिालिका वडा न ४ मा युवाले लगाय ताला

  • सेती कर्णाली खबर
  • शुक्रबार, अशोज १९, २०८० १0:२८
सडक मर्मतकाे माग गर्दै बुढिगंगा नगरिालिका वडा न ४ मा युवाले लगाय ताला

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका को चार नम्वर वडा कार्यालयमा आफ्नाे सडक मर्मतकाे मागगर्दै त्यहाका युवाले वडाकार्उालयमा तालाबन्दी गरेका छन् ।
बुढिगंगा वडा न ४ मा पर्ने सडक दशै अगावै सडक मर्मतका लागि कुनै पहल नगरेको आरोपमालगाउदै त्यहाका युवा हरुलृ एक विज्ञप्ती टास्दै वडान. ४ साहुबाडाका युवाहरुले वडामा ताला लगाएका छन् ।
वडाको बानेगाउँदेखि साहुवाडा हुदै खप्तड छेडेदह जोड्ने सडक मर्मतका लागि पटक पटक वडाअध्यक्ष र नगरपालिकासंग आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि वडामा ताला लगाएको युवा देवेन्द्र खातीले बताएका छन् ।
लगातारको अविरल वर्षाका कारण ग्रामिण सडक विग्रेका कारण नगरपालिकाको जेसिबीले बाटो मर्मत कार्यमा कुनै चासो नदेखाएपछि युवाहरु मिलेर ताला लगाएको बताए ।
सडक खोल्ने माग सहित वडा कार्यालयमा ताला लगाएपछि तीन दिन देखि वडाको दैनिक कामकाज प्रभावित बनेको छ ।
यता बुढीगंगा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मीनबहादुर शाहले वडामा पर्ने बानेगाउँ देखि साहुवाडासम्म नगरपालिकाको जेसिबीले बाटो बनाईसकेकाे छ । तर तियुवा हरुले  त्यहाबाट खप्तड छेडेदह जानेसम्मको बाटो मर्मत गर्न माग पत्र ढाेकामा टासेर आफ्नामाग राखेर गयका रहेछन् उनले  बताय।
वडाकाे सबै टाेली मंगलबार आएको भुकम्पको क्षतीको विवरण संकलन गर्न वडाका जनप्रतिनिधी र वडा सचिव गाउँ गएका बेला युवाहरुले कसैलाई कुनै जानकारी नै नदिइ एकाएक ताला लगाएको वडाध्यक्ष शाहले बताएका छन् ।
वडामा लगाएको ताला खुलाउनका लागि युवाहरुलाई वडामा बोलाएको भएपनि  छलफलमा सहभागी  नभएको वडाध्यक्ष शाहको भनाई रहेको छ ।

  • सेती कर्णाली खबर
  • -