October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा अधिकृत चौधरीलाई स्वागत तथा सम्मान गर्दै: पालिका अध्यक्ष मल्ल

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १७, २०८० १९:४५
हिमालीमा अधिकृत चौधरीलाई स्वागत तथा सम्मान गर्दै: पालिका अध्यक्ष मल्ल

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई स्वागत तथा सम्मान गरेका छन।

लामो समय देखि हिमाली गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज चलाउदै काम भैरहेको थियोे। हाल संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई पालिकाले स्वागत तथा सम्मान गरेको पालिकाले जनाएको छ।

गाउँपालिकाको कार्यकक्षमा नयाँ आउने अधिकृतलाई पालिका अध्यक्ष तथा गाउँपालिका कर्मचारीहरुले अधिकृतलाई अबिर लगाइ दोसल्ला ओढाएर सम्मान गरेका छन। अहिलेसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृत भरमा कार्यालय चलाएपनी अब प्रशासन क्षेत्रमा कामकाज आइरहेका प्रमुख प्रशासकीय अधिकृत काम नियमित हुने भएको बताएको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी लाई बिदाई गर्दा नयाँ आउने अधिकृत जनकलाल चौधरीलाई स्वागत सम्मान गरेका छन। अधिकृत चौधरीलाई गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले स्वागत/सम्मान सहित बाकी कार्यकालको हार्दिक बधाईका साथ शुभकामना दिएको पालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -