October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

विमान भित्रै दलजितकाे मृत्यु

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १७, २०८० 0९:२४
विमान भित्रै  दलजितकाे मृत्यु

बाजुरा :शनिबार कोल्टीबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका वडा नं ३ का दलजित कटेल रहेका छन् ।उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । कटेल एपेन्डिसाइडका बिरामी रहेको बुझिएको छ ।उपचारका लागि सिता एयरको विमानमा शनिबार दिउसो १२ः३३ बजे कोल्टीबाट नेपालगन्जका लागि उडेको थियो । बिच बाटामै कटेलको ज्यान गएको विमानमा सवार लक्ष्मण जोशीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो जहाँज उडेको केही समयमा उहाँलाई गाह्रो भएपश्चात विमान परिचारिका अगाडी आएर कोही स्वास्थ्यकर्मी हुनुहुन्छ कि ? भनेर सोध्नु भएको थियो । त्यसपछि उहाँले पाईलट संग के कुरा गर्नु भयो थाहा भएन । पाईलटसंग पानी मागेर बिरामीलाई खुवाउनु साथै बिरामीको सिटमै उभिएर हर प्रयास गर्नुभयो तर बिच बाटो हाउडी लेक आसपास पुरै अचेत भैसक्नु भएको थियो । पुनः अगाडी आएर पाईलटसंग के कुरा गर्नु भयो थाहा भएन । जहाँजकाे स्पिड पनि बढी नै थियो । पाईलटले पनि चाँडो पुर्याउन सकेमा बचाउन सकिन्छ की भनेर प्रयास गरेको हुनसक्छ । विमान परिचालिका कोल्टीबाट नेपालगंजसम्म उहाँको सेवामा उभिएर सहयोग गर्नुभयो । हामी नेपालगंज २६ मिनेटमा पुगिसकेका थियौ । नेपालगंज एयरपोर्ट पु्ग्नु अगाडी नै उहाँले द्धह त्याग गरिसक्नु भएको थियो ।’

दुर्गम भएकै कारण पहाडीले अकालमै ज्यान गुमाउनु पर्ने भएकाे छ। दुर्गम हुदा स्वास्थ्य सामाङ्ग्री नहुदा र दक्ष स्वास्थ्य कर्मी नहुदाकाे पीडा बाेक्नु परेकाे छ ।

 

  • सेती कर्णाली खबर
  • -