October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढीनन्दाको १९ औं बैठक धार्मिक तथा पर्यटकिय क्षेत्र बुढीनन्दा क्षेत्रमा बस्ने

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ११, २०८० 0९:२९
बुढीनन्दाको १९ औं बैठक धार्मिक तथा पर्यटकिय क्षेत्र बुढीनन्दा क्षेत्रमा बस्ने

महेश कार्की/बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकाले कार्यपालिकाको १९ औं बैठक धार्मिक तथ पर्यटकिय क्षेत्र बुढीनन्दाको मन्दिर परिसरमा बस्ने भएको छ ।

बैठ भाद्र १३ गते बुढीनन्दा माताको दर्शन गरीपछि बुढीनन्दा मन्दीरको परिसरमा बस्ने नगर प्रबक्ता जंगवीर रोकायाले बताउनु भएको छ । नगरपालिकाले बुढीनन्दा क्षेत्रको प्रचारप्रार र पर्यटन प्रबद्धनका लागी उक्त बैठक राखिएको हो । धार्मिक आस्थाको धरोहर बडीमालिका संगै बुढीनन्दा पनि पर्ने भएकाले प्र्रचारप्रशारले बुढीनन्दा आझेलमा परेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो । नगर सरकाले उक्त क्षेत्रको प्रचारप्रसारमा कमि नगरर्ने समेत बताउनुभयो ।

बुढीनन्दा नगरपालिकाबाट पूजा सामाग्री सहितको सरकारी टोली आइतबार बुढीनन्दा प्रस्थान गरेको थियो । जनै पूणिर्माको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बुढीनन्दामा मुख्य पूजाआजा गरिने प्रचलन रहेको छ । बुढीनन्दामा पहिलोपटक जिल्लाबाट पुजा सामाग्री सहितको सरकारी टोलि गएको छ ।

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ११, २०८० 0९:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?