October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली- ३ का बाढी पहिरो पीडितलाई राहत वितरण

  • सेती कर्णाली खबर
  • बिहिबार, भदौ ७, २०८० १४:१0
हिमाली- ३ का बाढी पहिरो पीडितलाई राहत वितरण

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ का बाढिपहिराे पीडित राहत वितरण गरिएको छ।

साउन महिनाको १२ गते आएको अविरल वर्षको कारणले बाढी पहिरो बाट पीडित भएका १५ घरपरिवार लाई इसाई धमको सहयोगमा बाढी पहिरो पीडित लाई राहात वितरण गरेका छन। १५ घरका बाढी पीडित लाई फेस इसाई धर्मले वडा कार्यालय आएर ३० किलोग्राम चामल कट्ठा दाल १० किलोग्राम तेल ६ पाकेट नुन ५ पाकेट बलान्केट १ वटा गरेर राहत वितरण गरेको छ।

फेस नेपाल संस्था बाट पुर्ण घर क्षति भएको १२ घरका बाढी पीडित लाई ५० किलोग्राम चामलको कट्ठा नुन २ पाकेट चना र दाल गरि १० किलोग्राम तेल २ लिटर १ त्रिपाल सहित सुतली डोरी सहित दिएको छन। जोखिम घरपरिवार लाई २५ किलोग्राम चामलको कट्ठा सहित नुन २ पाकेट चना र दाल गरि १० किलोग्राम तेल २ लिटर १ त्रिपाल राहत वितरण गरेको हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले बताउनुभयो।

पीडित जिल्ला साथमा लगेर अविरल वर्षाका कारणले भएको युना गाउँका बाढी पीडित परिवारलाई आफ्नो पहलमा राहत उपलब्ध गराएको छ। पीडित परिवारलाई जिल्लाका विभिन्न निकायमा पुर्‍याउन साथ ढिलासुस्ती भए पनि पीडित परिवारलाई राहत प्राप्त गरेका छन। पीडित परिवारलाई थोरै दिनको लागि भएपनि खानाको निम्तो विभिन्न गैरसरकारी निकायले राहत वितरण भैरहेको वडा अध्यक्ष बुढाले बताएका छन।

  • सेती कर्णाली खबर
  • बिहिबार, भदौ ७, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट