October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

युना माध्यमिक बिधालय काठको टहरामा संचालन

  • सेती कर्णाली खबर
  • बुधबार, भदौ ६, २०८० १९:३0
युना माध्यमिक बिधालय काठको टहरामा संचालन

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ३ युना माध्यमिक बिधालय काठको टहरामा पढाई संचालन गरेका छन।

युना माध्यमिक बिधालय दुई गाउँकै बिचमा रहेको छ। पहिला युना गाउँको स्कुल र बौडी गाउँको बिधालय अलगअलग संचालित भएको छ। अहिले दुबै गाउँका स्कुल मर्च गरेर प्रस्तावित माध्यमिक बिधालय सुरु गरिएको छ। नयाँ प्रस्तावित माध्यमिक बिधालय सञ्चालन हुँदै गर्दा विभिन्न किसिमका समस्या परेको छ। कक्षा कोठाको व्यवस्थापन लागि अप्ठ्यारो परेको छ। बालबालिका लाई पठनपाठन र कक्षा कोठा साना भएको कारणले ठुलो समस्या आइरहेको छ। भने बिधालय पक्की भवन नहुदा काठ र टिनको टहरा बनाएर संचालित गरिएको छ।

एउटा कोठा बोलेका कुरा अर्को कोठामा आवाज सुनिने हुँदा पढाई प्रभावित हुन सकेको छैन। बिधालयमा उचित किसिमको शौचालय व्यवस्था छैन। भने सानो नानीहरूलाई स्कुलमा आउन बाटो बिग्रेको हुँदा आवतजावत समेत असार भएको छ। बिधालय आउँदा बालबालिका जोखिम मोलेर स्कुलमा पुग्नुपर्ने बाध्यता रहेकोे छ। सानो देखि ठुलो कक्षाका विद्यार्थी भाइबहिनी हरुलाई बाटो पहिरो बिग्रेको संगै खोला तर्नु पर्ने हुँदा बिधालय आउन जान समस्या भएको छ। बिधालयमा भौतिक संरचना देखि शौचालय र पिउनको लागि खानेपानी, भौतिक सामाग्री समस्या रहेकोे बिधालय शिक्षक मनसुर सुनारले बताउनुभयो।

हिमाली गाउँपालिका र वडा जनप्रतिनिधि लगायत समुदायको पहलमा यही शैक्षिकसत्रदेखि माध्यमिक बिधालय सञ्चालन गरिएको छ। युना आधारभुत र बौडी आधारभुत बिधालय मर्च गरि युना माध्यमिक बिधालय युना गाउँ र बौडी गाउँ बिचको केन्द्र पर्ने जातुबैना भन्ने ठाउँमा मावि संचालन गरिएको छ। बौडी गाउँको बिधालय लाई ३ कक्षा सम्म सञ्चालन राख्ने युना आधारभुत बिधालय लाई माध्यमिक बिधालय सञ्चालन गरेको प्रधानाध्यापक पदम बहादुर रोकायाले सेती कर्णाली खबरलाई बताएका छन। बिधालयका बालबालिका लाई माध्यमिक बिधालय अध्यन गर्न बिच्छ्या गएर खर्च कम हुन र सहज गर्न वडा भित्र आधारभुत बिधालय लाई माध्यमिक कक्षा पठनपाठन सुरु गरिएको छ। हिमाली गाउँपालिका प्रमुख पहलमा मावि संचालन गरेका छौ। नयाँ ठाउँ र भौगोलिक हिसाबले विकट ठाउँमा बिधालय चलाउन सफल भएको छौ।

बिधालयमा विभिन्न समस्या झेल्नुपर्ने अवस्था रहेकोे छ। बिधालय सञ्चालनका लागि अस्थायी काठ र टिनको टहरामा बिधालय संचालन गरिएको छ। समस्या लाई समाधान गर्न स्थानीय र प्रदेश सरकारलाई आग्रह गरेका छन। बिधालयको भौतिक संरचना भवन, शौचालय र खानेपानी लगायत फिल्ड निर्माणकार्यका लागि गाउँपालिका संग सहयोगको अपेक्षा गरेका छौ। तत्काल लागि अहिले काठ र टिनका टहरामा माध्यमिक बिधालय सुचारु गरेको छ। काठको फल्याग लगाएर भवन उठाएका छौ। भने टिनले छोएर बनाएको छ। अहिले कक्षा १ देखि ९ सम्म कक्षा संचालन गरेको छ।

बिधालयमा कोठाको कमि भएको हुँदा कक्षा १ र २ का विद्यार्थीहरु लाई संगै एउटै कोठामा राखेर पठनपाठन भैरहेको छ। दुबै कक्षाका बालबालिका लाई संगै पढाई गर्दा शिक्षा प्रभावकारी हुनसक्ने अवस्था कम रहेकोे छ। कोठा व्यवस्थापन कमजोरी हुँदा निकै समस्या रहेकोे छ। अहिलेसम्मकै जमानामा नेट ईन्टरनेट चलाउने आएपनि टिन टहरामा पढाई संचालन गरिने अवस्था भएको छ। बिधालयमा शैक्षिक सामाग्री अभाव कक्षा कोठा सानातिना र फर्निचर अभावको कारणले सोच जस्तो पढाई प्रभावकारी हुने आश कम रहेको प्रधानाध्यापक रोकायाले बताउनुभयो।

बिधालयको भौतिक संरचना भवन, खानेपानी, शौचालय र फिल्ड, घेरवार निर्माण नभएको अवस्था हुनाले त्यसको समस्या झिल्नुपर्ने समस्या रहेकोे छ। युना देखि बौडी बाटो ठाउँ ठाउँमा बाढी पहिरोले अवरुद्ध हुँदा बिधालय विद्यार्थी आउन जान निकै समस्या रहेकोे छ। छिटोभन्दा छिटो बिधालय अनुगमन गरि बिधालयका विभिन्न समस्या समाधान विकल्प गएर समाधान गर्न ध्यानाकर्षण रहोस् प्रधानाध्यापक रोकायाले सेतीकर्णाली खबरलाई बताएका छन।

वास्तविक वडाका समस्या प्रमुख शिक्षा र स्वास्थ रहेको छन। पहिला वडा भित्र माध्यमिक बिधालय बनाउनका लागि लागिपरेको हिमाली गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष मंगल बुढाले बताउनुभयो। आफू जनप्रतिनिधि भएको एक वर्ष भयो। पहिलो वर्षमै वडा भित्रका गरिब, असहाय र टुहुरा बालबालिका लाई पठनपाठन सहज वातावरण बनाउन लागेको छु। युना गाउँ बाट धेरै हिडेर बिच्छया माध्यमिक बिधालय आउनुपर्ने अवस्था थियोे। त्यहाँ भन्दा अझै कोल्टी, धुलाचौर र हुम्लाको पैमा भन्ने ठाउँमा माध्यमिक पढाई जानुपर्ने समस्या रहेको हिमाली गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष मंगल बुढाले सेतीकर्णाली खबरलाई बताउनुभयो।

गाउँ भन्दा बाहिर केटीहरुलाई पढाई गर्न जादा महिनावारी हुन्छन् भन्ने किसिमले कोठा पनि मुस्किलले पाउने हुँदा जटिल समस्या भोग्नु पर्ने अव्यवस्था थियोे। समाज बुझेर वडामा भेला गराइ गगा आधारभुत र युना आधारभुत बिधालय मर्च गरि एउटै बिधालय बनाएर माध्यमिक बिधालय प्रक्रिया लाई युना आधारभुत बिधालय लाई शन्यू बनाउने भन्ने राजनीति कार्यकर्ताले बुझेर युना स्कुल लाई माध्यमिक बिधालय गर्न् वडा कार्यालय भेला गराइ निर्णय गरिएको हो। तत्काल प्रस्तावित लागि माध्यमिक बिधालय संचालन गर्नेका निम्ति गाउँपालिका बाट स्वकृत गराएको हो।

अहिले कक्षा ९ सम्म पढाई सञ्चालन गरिएको छ। अबका बालबालिका लाई माध्यमिक पढाई गर्नका लागि गाउँ भन्दा बाहिर धाउनुपर्ने पर्दैनन्। माद्यामिक बिधालय सञ्चालन गर्नका लागि तत्काल काम चलाउनका निम्ति काठको टहरा लगाएको छ। काठ स्थानीय स्तरमा पाइने सल्लो प्रयोग गरेर काठ सर्वधान गरेका छन भने टिन गाउँपालिकाको सहयोगमा काठको भवन निर्माण गरेर पढाई संचालन गरिएको छ। बच्चाको पढाई ढुङ्गामा बसेर वा कोठामा पानी चुहिने गरेको अवस्था पठाइ भैरहेको छ। त्यही माध्यमिक बिधालय भौतिक संरचना भवन, खानेपानी, शौचालय र फिल्ड निर्माणका लागि समस्या भएको छ। बिधालय भवनको लागि योजना छनोट गरेर गाउँपालिका कार्यनयन भैसकेको छ्। तत्काल बिधालय सञ्चालन गर्नका लागि काठको टहरामा विद्यार्थी पठनपाठन हुँदा गाह्रो अवस्था रहेकोे छ।

आर्थिक वर्ष २०८०/०८१ को योजना तर्जुमा वडा बाट छुट्टयाइ गाउँपालिकाले २५ लाख रकम विनियोजन गरेको र सुदुरपश्चिम प्रदेश सरकारले २० लाख रकम गरि जम्मा ४५ लाखको बजेट बिधालय भवन निर्माण गर्न रकम छुट्याएको छ। नयाँ ठाउँमा भवन सारेको हुँदा समस्या भएको हो। नयाँ भवन युना र बौडेर गाउँ बिचमा पर्ने कामसैनी ठाउँ दुर्गम तथा टाढा भएको कारणले समानको मुल्य भन्दा भाडा बढी पर्ने हुँदा महँगोमा समान पुगेने गर्छ। युना माध्यमिक बिधालय भवन नयाँ निर्माणका लागि आउने मङ्सिर महिना बाट भवन निर्माणकार्य सुरु गरिने भएको वडा अध्यक्ष बुढाले सेतीकर्णाली खबरलाई बताउनुभयो।

  • सेती कर्णाली खबर
  • बुधबार, भदौ ६, २०८० १९:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट