October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा भालुको आक्रमणबाट एक महिला घाइते

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ २, २०८० 0८:२३
बाजुरामा भालुको आक्रमणबाट एक महिला  घाइते

बाजुरा – जिल्लाको बुढीगंगा नगरपालिकामा शनिबार विहान जङ्गली भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
घाइते हुनेमा सोही नगरपालिका–७ झालीकी अन्दाजी २७ वर्षीया सुनिता कटुवाल रहेको स्थानीय खडक विष्टले जानकारी दिएका छन् ।
उनका अनुसार घर नजिकै रहेको मकैबारीमा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला जंगली भालु लुकेर बसेको अवस्थामा महिलालाई आक्रमण गरी घाईते गरेकाे बताए ।
भालुको आक्रमणबाट घाइते भएकी  कटुवालको खट्टा र अन्य शरिरमा चोट लागेको छ । स्थानीय झाली आधारभूत स्वास्थ्य चौकीमा  सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्समा अछामको बयालपाटा अस्पतालमा लगिएको छ ।
जंगली भालुको आक्रमणमा परी घाइते भएकी महिलाको अवस्था भने खतरामुक्त अर्थात मध्यम खालको रहेको बताइएको छ ।
बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा वर्षेनी भालुको आक्रमणका कारण स्थानीयहरु घाइते हुने गरेका छन् ।
जंगल र झारी भएका कारण  भालु लुकेर बसेी रहने र मान्छे आएपछि आक्रमण गरी घाइते बनाउने गरेकोपछि स्थानीय सशंकित बन्न थालेका छन् । स्रोत- malikatoday.com

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ २, २०८० 0८:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट