October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कवाडी नुन डिपोमा नुन दिन कर्मचारीले सेवाग्राहीलाई आनाकानी गर्दै

  • सेती कर्णाली खबर
  • सोमवार, साउन २२, २०८० 0७:४८
कवाडी नुन डिपोमा नुन दिन कर्मचारीले सेवाग्राहीलाई आनाकानी गर्दै

उमेश रोकाया/बाजुरा – कवाडी नुन डिपोमा नुन दिन सेवाग्राही लाई कर्मचारी आनाकानी गर्दै आइरहेको छ।

हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित रहेको कवाडी नुन डिपो केन्द्रमा स्थानीय सेवाग्राहीलाई नुन किन्न जादा त्यही रहेका कर्मचारी नुनु दिनु सर भन्दा विभिन्न किसिमका भाषा बोलेर आलटाल गर्ने गरेको छ। नुन डिपो जादा नुन प्रशस्त भएपनि नुन कार्यालय कोल्ने समयमा बाटो तथा सडक बसेर नुन छैन भन्दा सेवाग्राहीलाई रिसाएर धम्की दिने गरेको स्थानीय गुनासो गरेका छन।

नुन डिपोका कर्मचारी कार्यालय समय भित्र नुन किनेर लिन जादा समय नभेटिने गरेको पाइन्छ। कर्मचारी खोजी गर्ने बजारमा धाउनुपर्ने अवस्था समेत रहेकोे छ। भने घण्टा समय लागेर मात्र नुन डिपो केन्द्र कर्मचारी नुन डिपो केन्द्रमा भेटिन्छ। धेरै टाढा बाट आएका स्थानीय नुन पाउन सकिन्छ सर भन्दा उल्टै सेवाग्राही लाई रिसाएर बोल्ने गरेको स्थानीय राज मलालले बताएका छन।

स्थानीय मान्छेहु सर खाने नुन छैन दिनुहोस् भनेपनी कर्मचारी भनेको कुरा मतलब नराख्ने गरेको छ। हिमाली गाउँपालिका एक मात्र नुन डिपो केन्द्र कवाडी मुख्य केन्द्र भएको हुँदा हुम्ला र मुगुका जिल्ला सिमानामा जोडिएको भएको कारणले नुन डिपो स्थापना भएको स्थानीयलाई मुगु र हुम्ला मान्छेलाई नुन कट्ठाका कट्ठा बाहिर दिने गरेको छ। स्थानीय मान्छेलाई खाने नुनु पाउन सकिन्छ भने नुन डिपो नुन भएपनि नुन छैन भनेर सेवाग्राहीलाई कार्यालयमा नगर बाटो/सडकमा बसेर विभिन्न भाषा बोलेर थर्काउने गरेको पाइन्छ।

गाउँ घरका मान्छेलाई नुन किन्दा खालि कट्ठाको २० रुपिया दिने गरेको पाइएको छ। नत्र भने २ पाकेट नुन झिकेर दिने गरेको स्थानीय स्रोतअनुसार भनाइ समेत रहेको छ। कर्मचारीलाई तलब खाएर पनि कमिसन रूपमा नुन बेचेको खाली कट्ठाको पैसा माग्ने गरेको छ्। यदि पैसा छैन सर भन्यो भने किनेको नुनु मध्य २ पाकेट नुन घटाएर सेवाग्राहीलाई दिने गरेको छ। कवाडी नजिकै बस्ने व्यापार व्यवसायी तथा त्यहाँका स्थानीय लाई परिचय भए अनुसार र सम्बन्ध जोडिएको मान्छेलाई जति मागे पनि नुन दिने गरेको छ। सोही स्थानीय बजार व्यवसायीले मुगु र हुम्ला जिल्लामा ओसारपसार गरेर बाहिर दिइने गरेको स्थानीय मलालले बताए।

नुन डिपो कार्यालय कर्मचारी लाई अब अफिस नछाड्ने भनेको छु। अफिस यताउता नजानु भनेर कर्मचारी संग कुरा भएको छ। नुनु खाली कट्ठाहरु सेवाग्राही नबेच्ने काम गर्नु भनेको छु। पहिलो नुन डिपो कार्यालय नुन कमि भएको हिसाबले स्थानीय लाई प्राथमिकता दिएको थियौं। अहिले भने नुन डिपोमा नुन प्रशस्त हुँदा स्थानीय लगायत हुम्ला र मुगु स्थानीय दिइने गरेको छ। नुन डिपो कार्यालय कर्मचारी नियमित भएर सेवा प्रदान गरिने साल्ट ट्रेडिङ कम्पनी डिपो कार्यालय बाजुराले जनाएको छन।

  • सेती कर्णाली खबर
  • -