October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

चुलिगाड खोलामा पानी बढेपछि सडक अवरुद्ध

  • सेती कर्णाली खबर
  • सोमवार, साउन २२, २०८० 0६:५९
चुलिगाड खोलामा पानी बढेपछि सडक अवरुद्ध

उमेश रोकाय/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.७ मा पर्ने चुलिगाड खोलामा पानी बढे संगै यातायात चल्न बन्द भएको वडा अध्यक्ष तपेन्द्र कुमार शाहीले बताउनुभयो।

कोल्टी बाट धुलाचौर सडक पर्ने चुलिगाड खोलामा पानी बढेको कारणले सवारी साधन चलाउन निकै समस्या भएको छ। साउन २१ गते राती आएको अविरल वर्षाले गर्दा सडक अवरुद्ध भएको छ। खोलामा पानीको बाफ बढे संगै मान्छेलाई आवतजावतमा निकै कष्टकर रहेकोे अध्यक्ष शाहीले बताए।

स्थानीयलाई खोलामा आवतजावत गर्न निकै समस्या परेका कारणले सानो काठको सागु बनाएर आउन जान गरेको छ। गाउँका मान्छेलाई आउन मात्र नभएर भारी बोकेर आवतजावत गर्न जटिलता अवस्था रहेकोे छ। धुलाचौर बाट आएका गाडी बाधु खोला थप रोक्ने गरेको छ्न। भने कोल्टी बाट आएको सवारी साधन चुलिगाड रोखिने गरेको छ। कोल्टी बाट ल्याएको मान्छेलाई खोला तरेर जोखिम राखेर काठे सागु माध्यममा आउने जाने गरेको हिमाली गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शाहीले बताएका छन।

  • सेती कर्णाली खबर
  • -