October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा हिमालीमा लम्पी स्किन रोगको सङ्क्रमणबाट २ सय ५० पशुचौपायाको मृत्यु

  • सेती कर्णाली खबर
  • आइतवार, साउन २१, २०८० १0:४९
बाजुरा हिमालीमा लम्पी स्किन रोगको सङ्क्रमणबाट २ सय ५० पशुचौपायाको मृत्यु

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिकामा लम्पी स्किन’ रोगको सङ्क्रमणबाट २ सय ५० पशुचौपायाको मृत्यु भएको हिमाली गाउँपालिका पशु विकास शाखा प्रमुख पाण्डेले बताएका छन् ।

गाउँपालिका सातै ओटा वडामा ८ सय ५० पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छन। सोही रोगबाट २ सय ५० ओटा मरेका छन। भने ६ सय भन्दा बढी निको र १ सय भन्दा बढी पशु चौपाया खोप लगाएको भएको हिमाली गाउँपालिका पशु शाखा प्रमुख गौरी पाण्डेले बताएका छन।

“केही महिना देखि लम्पी स्किनबाट पशुचौपाया सङ्क्रमित हुँदै आएका छन। स्थानीय तहको पहलमा औषधि वितरण गर्ने काम निरन्तर भइरहेको छ । पालिकामार्फत पशुपालक किसानलाई औषधि वितरण काम अहिले सेवा प्रबाह हुँदै आएको छ। औषधि र खोप अभाव भएको पाण्डेले बताउनुभयो । हिमालीमा बाच्छाबाच्छी, गाई र गोरु यसबाट सङ्क्रमित भएका छन् । हिमालीमा लम्पी स्किनबाट हालसम्म २ सय ५० पशुचौपाया मृत्यु, ८ सय ५० भन्दा बढीमा संक्रमण भएका छन। पालिकामा औसधिको कमि हुँदा मागसमेत गरिएको पशु शाखा प्रमुख पाण्डेले बताउनुभयो।

पालिकाको वडा नम्बर ५ र ६ को वडा हुँदै बस्तीमा कर्मचारी खटाइएको छ। केही तथ्यांङक आउन बाकी रहेकोे छ। भूगोल हिसाबले ठुलो गाउँपालिका भएको कारणले अलि ढिलासुस्ती भएको छ। बाकी रहेको वडा तथ्यांक तत्काल ल्याएर थप कडा हिसाबले कर्मचारी खटिने शाखा प्रमुख पाण्डेले बताएका छन। लम्पि स्किम रोगका कारण पशुचौपाया बाजुराका स्थानिय तहमा मरेका छन। मरेका पशुचौपायालाई गाड्ने वा खाल्टोमा पुर्ने काम नगरेर जथाभावी फालेर गन्हाउने र दुरगन्धित भएर वायुप्रदुषण भई हैजा महामारी जस्ता रोगहरु फैलिन सक्ने  भन्दै स्थानियबासिहरले चिन्ता व्यक्त  गरेका छन। सरोकार वाला निकायको समयमै ध्यान नपुगेको र स्थानिय तहले वेवास्ता गरेको  स्थानिय वासीहरुले सेतीकर्णाली खबरसंग गुनासो गरेका छन।

  • सेती कर्णाली खबर
  • -