October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

यूवा सञ्जाल बाजुराले नेपालगञ्जमा रानीतलाउ र महेन्द्र पार्क सरसफाइ गर्ने

  • सेती कर्णाली खबर
  • शनिबार, साउन २०, २०८० २२:५३
यूवा सञ्जाल बाजुराले नेपालगञ्जमा रानीतलाउ र महेन्द्र पार्क सरसफाइ  गर्ने

सेतीकर्णाली खबर २१ साउन नेपालगञ्ज – बाजुरा देखि लुम्बिनी प्रदेशको नेपालगञ्ज सहरमा अध्ययनको गर्दै आएका बाजुराका यूवाहरुले बाजुरा यूवा सञ्जाल गठन गरेका छन। मानव बिकास सुचाङ्कमा बाजुरा नेपालकै ७७ औँ स्थानमा पर्दछ। बाजुराको पहिचान र भइपरी आउने समस्या समाधान गर्ने हेतुले बाजुरा युवा सञ्चालको २०८०/४ /१३ गते बाघ दिवसको अवसरमा तदर्थ कार्यसमिति गठन गरिएको सचिब जित जङ कटेलले सेतीकर्णाली खबरलाई जानकारी दिएका हुन । बाघ जस्तै गर्जिने छन  बाजुराली यूवाहरू ।हिजो  सनिबार बाजुरा यूवा सञ्जालले परिचयात्मक कार्यक्रमसंगै दोस्रो  बैठक बसेको सञ्जालका उपाध्यक्ष पवनराज उपाध्यायले बताए। बाजुरा यूवा सञ्जालले पहिलो बैठकमा छलफल गर्दै संस्थाको बिधान निर्माण गर्ने , महेन्द्र पार्क र रानी तलाउ सरसफाइ गर्ने निर्णय गरिएको बाजुरा यूवा सञ्जालको अध्यक्ष गौरव तिरुवाको भनाई रहेको छ। सो परिचयात्मक कार्यक्रमको अध्यक्षता गौरव तिरुवाले गरेका हुन भने प्रमुख अतिथि उषाकिरण मल्टिमिडिया हाउस प्रा.ली.का प्रबन्ध निर्देशक तथा योगदान राष्ट्रको लागि बाजुरा अध्यक्ष उमेश जङ्गशाही , विशिष्ट अतिथि स्वामिकार्तिक खापर गाउपालिका कृषि बिकास साखा प्रमुख विनोद शाही र बागेश्वरी बहुमुखी क्याम्पस काेहाेलपुर का स्वबियु सभापति  देवेन्द्र बुढा हुन भने कार्यक्रम सञ्चालन जित जङ कटेलले गरेका थिय। बाजुराका यूवाहरुको बाक्लो सहभागिता रहेको थियो । पहिलो बैठकमा बाजुरा युवा सञ्जालकाे विधान निर्माण कार्य संगै रानी तलाउ र महेन्द्र पार्क सरसफाइ गर्ने निर्णय गरेको छ। आगामी दिनहरुमा बाजुरा यूवा सञ्जालले समाजको सेवामुलक र जनचेतना मुलक कार्यक्रमको आयोजना गर्ने बताइएको छ। बाजुरा यूवा सञ्जालको परिचयात्मक कार्यक्रमको शुभकामना मन्तव्यमा बोल्दै उमेश जङ्ग शाहीले बाजुरा यूवा सञ्जाल गैर राजनितिक, गैर धार्मिक र बाजुराको भाषा संस्कृति जोगाउँदै बाजुरालाई नेपाल गञ्ज सहरमा छुट्टै पहिचान कायम गराउँदै बाजुरेलीहरु एकजुट भएर हातेमालो गर्दै अघि बढोस भन्दै शुभकामना दिए, शाहीले बाजरेली यूवाहरुले खेलकुद क्षेत्रमा पनि सहभागी भएर बाजुरालाई चिनाउन आवश्यक रहेको बताउँदै  बाजुराका स्थानिय तहका जनप्रतिनिधि हरुलाई बाजुराको समृद्धिको लागि घचघच्याउने काम पनि गर्न सुझाव दिएका थिय भने व्यक्तिगत स्वार्थका लागि यो संस्थामा कोहि पनि आबद्ध नहुनुहोला र व्यतिगत स्वार्थ पुर्तिका लागि यो बाजुरा यूवा सञ्जाल लाई उपयोग गर्न चाहने कसैले पनि दुस्साहस गर्छ भने तेस्ता व्यक्तीलाई कलमको माध्यमबाट नाङ्गेझार पार्न आफू पछि नपर्ने पत्रकार शाहीले बताए ।बाजुरालीहरुको नेपाल गञ्जमा सुखदुख पोख्ने एक चौतारी हो बाजुरा यूवा सञ्जाल यसले समाज सुधारक काम गर्नु पर्ने र यो संस्थालाई अघि बढाउनु आफू सदैव तयार रहेको कृषि बिकास साखा प्रमुख बिनोद शाहीले बताए बागेश्वरी क्याम्पस स्वबियू सभापति देवेन्द्र बुढाले पनि बाजुरा यूवा सञ्जालले आगामिदिनहरुमा जनमुखि काम गर्दै अघि बड्नु पर्ने र संघ संस्थाको मेरुदण्ड नै आर्थिक पाटो हो र यसलाई पार्दशि ढङ्गले प्रस्तुत गर्न पर्छ आर्थिक स्रोत कसरी जुटाउनेभन्ने बिषयमा प्रष्ट पारेका हुन ।

बाजुरा यूवा सञ्चालको तदर्थ कार्यसमिति प्रकार रहेको छ।

अध्यक्ष = गाैरब तिरुवा (बुढिन्दा न पा वडा१ पात्ताेला)

उपाध्यक्ष = पवनराज उपाध्या( हिमालि गा पा बाधु७)

सचिव = जित जङ्ग कटेल( स्वमिकार्तिक गा पा वडा ३ जुकु)

काेसाअध्यक्ष = टक्क राेकाया (बुढिन्दा न पा ४ कुरु)

सहसचिव = रमेश बिक (स्वमिकार्तिक वडा ४वाइ )

बरिस्ठ सदस्य =दिनेश महतारा (स्वमिकार्तिक गा पा ५ मिगु)

सदस्य = कृष्ण धामि,बिष्णु राेकाया,कमल कैला,सर्जन बाेगटि ,निराजन कटेल,बिबेक राेकाया,भुवन महतारा,पवन नेपाली,लाेकेश बाेगटी,धर्मेन्द्र कटेल

बाजुरा यूवा सञ्जाल नेपालगञ्जमा सम्पर्कका लागि ९७४९९५६८२०/९८२२६८१४४३

  • सेती कर्णाली खबर
  • -