October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पाण्डुसैन स्वास्थ्य चौकीमा ल्याबसेवा आज देखि सञ्चालन

  • सेती कर्णाली खबर
  • सोमवार, असार २५, २०८० १५:१९
पाण्डुसैन स्वास्थ्य चौकीमा ल्याबसेवा आज देखि सञ्चालन

बाजुरा – बुढिनन्दा नगरपालिकाको पाण्डुसैन स्वास्थ चौकीमा आजबाट ल्याब सेवा संचालनमा आएको छ । बुढीनन्दा नगरपालिकाका वडा नम्बर ७,८,९ र १० लाई लक्षित गरेर स्वास्थ चौकीमा ल्याप सेवा संचालनमा ल्याएको नगर प्रमुख जनक कुमार बोहराले बताए ।

सामान्य रगत ,पिसाब  र खकार चेक गर्न ४ घन्टा हिडेर कोल्टी पुग्नुपर्ने समस्या हटेको बुढिनन्दा नगर पालिका वडा न ८ का स्थानीय धन बहादुर रोकायले बताएका छन ।

आज पाण्डुसैन स्वास्थ चौकीमा ल्याब सेवा उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले आफुले चुनावमा बोलेका बाचा विस्तारै पूरा गर्दै गएको र अझै सुखी र खुसी नगर बनाउन आफू दिन रात नभनी लागि रहेको नगर प्रमुख बोहराले सेतिकर्णाली खबरलाई जानकारी दिए ।

औपचारिक कार्यक्रमका विच ल्याबको उद्घाटन गरिएको हो । वडा न ८ का वडा अध्यक्ष तथा पाण्डुसैन स्वास्थ चौकीका अध्यक्ष  केशब शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख जनक कुमार बोहरा हुन भने  वडा न ३ का वडा अध्यक्ष तथा बुढिनन्दा नगरपालिका प्रबक्ता जङविर रोकाया,वडा न ६ का वडा अध्यक्ष गजेन्द्र ब शाही ,निमित्त प्रमुख प्रशासकीय अधिकृत शन्तोस शाह,कार्यपालिका सदस्य जनक भन्डारी ,नेपाली काङ्ग्रेसका युवा नेता शिव बोहोरा,स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाही लगायत अतिथि रहेको कार्यक्रममा स्थानीयहरुको उपस्तिथि बाक्लो थियो ।

नगर पालिकाको नीति तथा कार्यक्रममा नै ल्याब सेवा संचालन गर्ने भनिएको र सोही अनुरुप ल्याप संचालनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख ओम जङ्ग शाहीको भनाई रहेको छ । दुई जना ल्याप असिस्टेन्ट सहित आजबाट ल्याप सुचारु भएको बुढिनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाहीले बताए ।

  • सेती कर्णाली खबर
  • सोमवार, असार २५, २०८० १५:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट