October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिबमा सुरज शर्मा अधिकारीकाे लड्दै ।

  • सेती कर्णाली खबर
  • बुधबार, असार २०, २०८० 0९:0१
गैरआवासीय नेपाली संघ  (एनआर एनए) कतारमा हुनलागेकाे  अधिबेसनमा    सचिबमा सुरज शर्मा अधिकारीकाे लड्दै  ।

गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिवपदमा सुरज शर्मा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।
कतारलाई आफ्नाे कर्मथलो बनाएर अहिले काम गरिरहेका अधिकारीले नेपाली समुदाय मा समाजसेवीको रुपमा समेत काम गरेर चिर परिचित समेत रहेका छन् । 
लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रुपमा देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुकाे हक हितमा निरन्तर लागी रहेको र आफूले आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई  एनआरएनएमार्फत आफुले प्रयाेग गर्ने समेत बताएका छन् । साथै उनले अग्रजहरुकाे समेत सरसल्लाह समेत लगेर अगाडि बड्ने समेत बताएका हुन् ।अब आफुले यश संस्थालाई बलियाे बनाउनकालागी आफुले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् । 
एनआरएनएको विश्वसनीयता गुम्दै गैरहेको अबस्था तलदेखि माथिसम्म रहेका अनेकैा समस्या, शंका र निराशालाई चिर्दै सधैर सबैतिर विश्वासको उचाइसम्म संघलाई पुर्याउन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ रहेकाे छ।
‘आफु विगत लामो समयदेखि कतारको दोहामा कर्मथलो बनाएर बसीरहेको छु । इतिहासकै सबै भन्दा सङ्गिन मोडमा उभिएको गैर आवासीय नेपाली संघ केन्द्र देखि क्षेत्रीय कमिटी सम्म रहेका अनेकौँ समस्या र अस्पष्टताले आम पञ्जीकृत सदस्यहरूमा उब्जिएको शंका र निराशालाई चिर्दै विश्वासको उचाइसम्म संघलाई पुर्याउन आफुले सचिव को उमेदवारी दियको हु उनले सेतीकर्णाली खबर संग बताएका हुन्।
उनले संघको विभिन्न विभागमा रही काम गर्दा कतारमा रहेका गैरआवासीय नेपालीहरूको चासो र सरोकारलाई सम्बोधन गर्न, श्रमिक समस्या लाई सहजीकरण गर्न, नेपालमा हुने विभिन्न विपतमा नेपाल र नेपालीको हितमा निस्वार्थ काम गर्न र मध्यपूर्वमा रहेका समग्र नेपाली मजदूर हरूको हक, हित र सम्भावनाका लागि आफुसक्रिय रुपमा रहने र एनआरएनए कतारभित्रै रहेर अझ धेरै काम गर्न सकिन्छ भन्ने आफ्नो दृढ विश्वास रहेको बताएका हुन।
‘आफु कतारमा रहेका विभिन्न संस्थाका पदमा नरहेपनि क्रियाशील रुपमा काम गरेको बिदेशमा रहेका सबै नेपाली दाजुभाई दिदी बहिनी हरुलाई थाहा भएकै छ ।उनले भनेका छन् ।हुन त आफु पदमा हुदापनी,नहुदापनि समाज सेवा गर्न त आफू नछाेड्ने समेत बताएका छन् ।तै पपनि फाेरममा हुनुदा र नहुदामा अलि फरक र कामगर्न सजिलाे हुनेहुनाले आफ्नाे उम्मेदवारी दिने समेत बताएका छन् ।
आफुकुनै पनि संस्थामा आबद्ध भएर काम गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्दा संस्थाप्रतिको जिम्मेवारीपन बड्ने आफ्नाे कामकाे पदीय बोध हुनेछ’ कुरा समेत उनले, उनले भनेका हुन ।
  यही विश्वासबाट गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको दाेहामा २०२३–२०२५ का लागि सचिव पदमा आफ्नाे उम्मेदवारी दिने निष्कर्षमा आफू पुगेकाे बताएका छन्। मतदाताहरु ले मजस्ताे निस्वार्थ भावना बाेकेका समाज सेवा गर्ने युवालाई एक पटक एनआरएनए कतारको वर्ष २०२३मा हुन लागेको चुनाबमा आफ्नाे मूल्य मत दिएर सचिबमा बिजयी गराईदिन हुन सबै मतदातहरुलाई आग्रह समेत गरेका छन्।आफुलाई सचिबकाे जिम्मेवारी प्रदान गराउनुहुनेछ भन्नेमा विश्वास लिएको बताएकाेछ ।
उनले आफ्नो उम्मेदवारीबारे अग्रज र युवा साथिहरु सबैको सुझाव,सल्लाहका साथ र सहयोगको अपेक्षा पनि गरेकाेबताएका छन् । आफू विभिन्न संघ काे प्रवासी सङ्गठन मा समेत रहेर काम गरि रहेका छन् ।उनी नेपाली नेपाली कांग्रेसका प्रबासी संगठनका जनसम्पर्क समिति कतारसँग नजिक मा रहेर काम गर्छन्। एनआरएनए कतार को अधिवेशन आगामी जुलाइमा हुने भएकाे छ ।

  • सेती कर्णाली खबर
  • -