October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा २०७९ स्पोर्ट्स अवार्ड फेन्सिङखेलाडी जलेन्द्र शाहीलाई प्रदान

  • सेती कर्णाली खबर
  • शनिबार, असार १६, २०८० 0२:0२
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा २०७९ स्पोर्ट्स अवार्ड फेन्सिङखेलाडी जलेन्द्र शाहीलाई प्रदान

उमेश जङ्ग शाही सेतिकर्णाली खबर  १६ असार  धनगढी खेल र खेलाडीको सम्मान र प्रोत्साहनका लागी नेपाल खेलकुद पत्रकार मंच कैलालीले
चाैथाे सुदुरपश्चिम खेदकुद स्पाेर्सअवार्ड कार्यक्रम हिजो सम्पन्न भएको छ। सो कार्यक्रमका सभापति प्रदिप पाठक रहनु भएको थियो भने प्रमुख अतिथि  सुदुरपश्चिम प्रदेशका भाैतिक पूर्बाधार बिकाश मन्त्री प्रकाश देउवा रहेका हुन। खेलकुद सदस्य सचिव दिपक सिंह लगायत सम्पुर्ण सुदुरपश्चिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूकाे सहभागीता थियोे । नवाै राष्ट्रिय खेलका बिजेता अथार्त गाेल्ड मेडल लिस्ट खेलाडीहरुलाई स्पोर्ट्स अवार्ड प्रदान गरिएको बताइएको छ।२०७९ सालमा विभिन्न विधाका प्रतियोगितामा प्रथम हुने खेलाडीलाई  ३५ हजार, द्वितीय हुनेलाई ३५ र तृतीय हुने खेलाडी लाई २० हजार पुरस्कार प्रदान गरिएको कैलाली फेन्सिङ संघका  सचिब देवेन्द्र बहादुर शाहीले बताए।

सुदूरपश्चिमका राष्ट्रिय खेलाडीहरु महिला र पुरुष २० जनाले स्पोर्ट्स  अवार्ड पाएका थिय।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा भएको बेला प्रथम स्थान हासिँल गरि सुदूरपश्चिमलाई पहिलो स्वर्ण पदक दिलाउने  अध्यक्ष  जलेन्द्र शाही हुन भने शाहीको जन्म स्थान बाजुराको स्वामिकार्तिक गाउँपालिका वडा नं .३ जुकोट हो। कैलाली  फेन्सिङ संघ गठन गरि  फेन्सिङ खेलको सयौं  प्रशिक्षार्थी   खेलाडीलाई अध्यक्ष शाहीले प्रशिक्षण  दिदैँ आइरहेकोछन

पहिलो पटक सुदूरपश्चिमलाई स्वर्ण  पदक दिलाउने  फेन्सिङ   खेलाडी शाही हुन ।

 सेती कर्णाली खबर

 

 

  • सेती कर्णाली खबर
  • -