July 12, 2026 | आइतवार, असार २८, २०८३

दार्चुलामा हेलिकप्टरमार्फत सुत्केरीको महिलाकाे उद्धार

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ २६, २०८० १३:४१
दार्चुलामा हेलिकप्टरमार्फत सुत्केरीको महिलाकाे उद्धार

जेठ २६ दार्चुलामा एक सुत्केरीको हेलिकप्टरमार्फत उद्दार गरिएको छ। जिल्लाको लेकम गाउँपालिका–२ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो।
बिहिवार दिउँसो गराडी स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिए पछि थप उपचारका लागि शुक्रवार बिहान हेलिकप्टरमार्फत उद्धार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिएका छन् ।

  • सेती कर्णाली खबर
  • -