October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सार्वजनिक सवारी सफा राख्नुपर्ने, छुट्नुअघि र गन्तव्यमा पुगेपछि अडियो बजाउनुपर्ने छ

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २२, २०८० १४:१८
सार्वजनिक सवारी सफा राख्नुपर्ने, छुट्नुअघि र गन्तव्यमा पुगेपछि अडियो बजाउनुपर्ने छ

२२ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक यातायात का सवारीका लागि नयाँ नियमहरु ल्याएको छ । सरकारले ल्याएको नियम लाई पालना भएमा अब सार्वजनिक सवारी सफा हुनेछन् भने बस छट्नुअघि र गन्तव्यमा पुगेपछि विमानमाजस्तै बसमा पनि यात्रुका लागि सन्देशमुलक अडियो बजाउ नु पर्ने छ।

यातायात व्यवस्था कार्यविधि निर्देशिका,२०६० संशोधन गर्दै विभागले सवारीको व्यवस्थापन, सरसफाइ,  स्वास्थ्य मापदण्डको पालना र चालक/सहचालकको बोली व्यवहारबारे नयाँ नियमहरू बनाएको छ । सवारीको भित्री र बाहिरी भागमा सफा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । सार्वजनिक सवारीको सिट खोल, भूईं, सिसा, पर्दा, सिलिङ अनिवार्य रूपमा सफा राख्नुपर्ने नियम पनि ल्याइएको छ ।

सार्वजनिक सवारी साधनभित्र धुम्रपान गर्न पुर्णरुपमा निषेधीत गर्नुपर्ने र सार्वजनिक सवारी साधनमा ध्वनि प्रदूषण हुने गरी ठूलो आवाजमा संगीत बजाउन नपाइने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

सार्वजनिक सवारी साधनमा जनस्वास्थ्य विषयका प्रबर्द्धनात्मक सूचना टाँस्नुपर्ने र लामो तथा मध्यम दूरीका सवारी साधनले सरसफाइयुक्त खाना खाने स्थान तथा सरसफाइयुक्त शौचालय भएको स्थानमा मात्र आवश्यकता अनुसार रोक्नुपर्ने व्यवस्था भएको छ।
व्यवस्थापकले सवारी चालक तथा सहचालकहरुको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनु पर्ने र चालु अवस्थामा रहेको सार्वजनिक सवारीमा संकलन भएको फोहोर तोकिएको स्थानमा मात्र विसर्जन गर्नुपर्ने लगायतका व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

सम्बन्धित कम्पनीले आफ्नो सवारी साधनको चलान वा क्यू कार्ड प्रदान गर्दा उक्त सवारीको नियमित सरसफाइ भएको व्यहोरा सुनिश्चित गरेको हुनुपर्ने व्यवस्था निर्देशिकामा नै गरिएको छ ।

मध्यम तथा लामो दूरीमा चल्ने सवारी साधनलाई यात्राको सुरु र अन्तिम विन्दुमा सरकारले तोकेअनुसार यात्रुका लागि जानकारीमुलक अडियो समेत बजाउनुपर्ने भएको छ ।चालक तथा सहचालकले नियमित रुपमा व्यक्तिगत सरसफाईमा विषेश ध्यान दिनुपर्ने,  टिकट काउण्टरमा कार्यरत कर्मचारीले अनिवार्यरुपमा कम्पनीले उपलब्ध गराएको परिचयपत्र लगाउनुपर्ने र सवारीचालक तथा सहचालकले आफनो रोजगारदाता वा कम्पनीले उपलव्ध गराएको परिचयपत्र अनिवार्य रुपमा साथमा राख्नुपर्ने नियम पनि ल्याइएको छ । उनीहरुले रोजगारदाताले उपलब्ध गराएको पहिचान खुल्ने पोशाक लगाउनुपर्ने व्यवस्था समेत निर्देशिकामा गरिएको छ ।

चालक तथा सहचालकले यात्रा अवधिभर धुम्रपान तथा मद्यपान सेवन गर्न नपाउने र  चालक तथा सहचालकले यात्रुसँग नम्र, शिष्ट तथा भद्र बोली तथा व्यवहार प्रदर्शन गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

यात्रुलाई गाडीमा रहेको डष्टबिनमा मात्र फोहोर फाल्नलाई प्रोत्साहित गर्नुपर्ने,  यातायात व्यवसायीले प्रत्येक वर्ष दुई जोरको दरले आफना चालक तथा सहचालकलाई पहिचान खुल्ने किसिमको पोशाक उपलब्ध गराउनुपर्ने नियम बनेको छ । सवारी चलाउँदा सवारी चालक र सहचालकले यात्रुसँग अनावश्यक कुराकानी गर्न नहुने नियम पनि निर्देशिकामा उल्लेख गरिएकाे छ।

  • सेती कर्णाली खबर
  • -