October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

गाडी भाडा घट्याे र नयाँ भाडादर कायम, अब बाजुरा बाट धनगडीमा १ हजार १ सय ४१कायम

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ १९, २०८० १४:५३
गाडी भाडा घट्याे र नयाँ भाडादर कायम, अब बाजुरा बाट धनगडीमा १ हजार १ सय ४१कायम

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारले सडक यातायातको नयाँ भाडा दर कायम गरेको छ। त्यसैले अब बाजुराकाे मार्तडी देखी धनगडी सम्म काे गाडीकाे भाडा १ हजार १ सय ४१ रुपैया भाडादर कायम गरिएकाे छ । त्यसै गरी मार्तडी देखी महेन्द्र नगर सम्मकाे १ हजार २ सय १८ रुपैया ताेकीएकाे छ । प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ भाडा दर सार्वजनिक गरेको हो। प्रदेश राजपत्रमा भाडादर प्रकाशित गर्दै बिहिवारदेखि लागु गरिएको छ।
प्रदेश राजपत्रमा प्रकाशित गरिएको भाडा दरअनुसार टीकापुर–बैतडीको भाडा १०११, टीकापुर–साँफेबगरको भाडा १२३६, चुनेपानी–डडेल्धुराको भाडा ४२३, टीकापुर–सिलगढीको भाडा ९४२ कामय गरिएको छ।
यस्तै डडेल्धुरा–बैतडीको भाडा २५९ रुपैयाँ, डडेल्धुरा–खोड्पेको भाडा १३२, धनगढी–चिसापानीको भाडा २८१, धनगढी–चुनेपानीको भाडा ५७, धनगढी–चैनपुरको भाडा १०४१ रुपैया कायम गरिएको छ।
धनगढी–डडेल्धुराको भाडा ४८०, धनगढी–टीकापुरको भाडा २९४, धनगढी–डडेल्धुरा–साँफेबगरको भाडा ९५७, धनगढी–महेन्द्रनगरको १५९ रुपैयाँ भाडा दर कमय गरिएको छ। धनगढी–साँफेबगरको ९३९, धनगढी–सिलगढीको भाडा ६९७, धनगढी–सुखड–भजनीको भाडा २४२, महेन्द्रनगर–अत्तरिया–साँफेबगरको भाडा १०२३ कामय गरिएको छ अब यात्रुले सस्ताेमुल्यमा यात्रा गर्न पाउने भएका छन् ।

  • सेती कर्णाली खबर
  • -