October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ १८, २०८० 0८:२0
तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

१८ जेठ, काठमाडौं । मलेसियासँग पाँच टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । योसँगै शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ ।
मलेसियाको बान्गीस्थित यूएडी–यूकेएम क्रिकेट ओभलमा १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । मलेसियालाई रोक्न कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १–१ विकेट लिए ।
मलेसियाका लागि माहिरा इज्जती इस्मेलले अविजित ४४ रन बनाइन् । उनले ५४ बलमा ६ चौका प्रहार गरिन् । ओपनर विनीफ्रेड दुराइसिंगम २० रन बनाएर सीताको बलमा विन्दू रावलबाट क्याचआउट भइन् ।
अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । अइना नज्वा ९ रनमा अविजित रहिन् । नेपालका लागि आजको खेलमा सरस्वती कुमारी चौधरीको स्थानमा इश्वरी विष्टले राष्ट्रिय टिममा डेब्यु गरेकी छन् । उनले आजको खेलमा डेब्यु गर्दै ४ ओभर बलिङ गर्दै १६ रन खर्चेकी हुन् । बाँया हाते स्पिनरको इश्वरी घरेलु क्रिकेटमा सुदुरपश्चिमबाट खेल्छिन् ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । रुविनाले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । ओपनर कविता कुँवर ७ बलमा २ रन बनाउँदै बोल्ड भइन् । अर्की ओपनर सीता रानामगर ३५ बलमा २१ रन बनाउँदै क्याच आउट भइन् । विकेटकिपर ज्योती पाण्डेले २४ बलमा ३ चौकासहित २३ रन बनाइन् । इन्दु बर्माले २० रन बनाइन् भने, कविता जोशी र विन्दु रावल क्रमश ः१र३रनमाअविजित रहे ।
मलेसियाका लागि निक नुर अटिलाले सर्वाधिक २ विकेट लिइन् । इष्या इलिसा फिरदौज र विनिफ्रेड दुराइसिङ्गमले१–१ विकेट लिए ।
नेपाल पहिलो खेलमा मलेसियासँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा ७ विकेटको जित हात पारेको थियो । नेपालले शनिबार चौथो र आइतबार अन्तिम
खेल खेल्नेछ । (अनलाईन खबर)

  • सेती कर्णाली खबर
  • -