October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमपहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ३ को शव फेला

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख २०, २०८० 0९:१३
हिमपहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ३ को शव फेला

काठमाडौँ — दार्चुलाको व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ ।

हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव बुधबार बिहान उद्धारका क्रममा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए ।

सशस्त्र प्रहरी र जनपथ प्रहरी सीतापुलको टोलीले उद्धार गर्ने क्रममा उनीहरूको शव फेला पारेको छ ।
शव घटनास्थलभन्दा अन्दाजी ६ सय मिटर पर खोल्सामा भेटिएको उनले बताए । शवको सनाखत भने भएको छैन ।

अहिले पनि उक्त क्षेत्रमा हिउँका साथै पानी पनि परिरहेकाले उद्धार कार्यमा कठिनाइ आएको धामीले बताए । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन्

  • सेती कर्णाली खबर
  • -