October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

मन्त्री देउवा र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख २०, २०८० 0८:३९
मन्त्री देउवा र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

वैशाख २० गते । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा र नेपालस्थित अमेरिकी दूतावासका राजदूत डीन आर. थम्पसनबीच बुधबार धनगढीमा भेटवार्ता भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा भएको भेटघाटमा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासबारे छलफल भएको सो मन्त्रालयले जनाएको छ ।

मन्त्री देउवासँग राजदूत थम्पसनले अन्तरप्रदेशको सम्बन्ध, सुदूरपश्चिम प्रदेश पछाडि पर्नुका कारणबारे चासो राख्नुभएको थियो । सो अवसरमा मन्त्री देउवाले काठमाडौंबाट टाढा हुँदा सुदूरपश्चिम विकासमा पछाडि परेको भए पनि पछिल्लो समय विकास हुँदैगएको बताउनुभएको थियो ।

राजदूत थम्पसनले नेपालीलाई नेपालमै सीप सिकाएर यही काम गर्ने वा उद्यमी बनाउने गरेर कार्यक्रम ल्याउने आफूहरूको चाहना भएको पनि बताउनुभएको थियो । अमेरिकी राजदूतले सुदूरपश्चिम प्रदेशका जनतासँग सिधै काम गर्ने चाहना पनि व्यक्त गर्नुभएको भेटमा सहभागी मन्त्रालयका सचिव प्रेमदत्त भट्टले बताउनुभयो ।

राजदूतले अमेरिकाद्वारा सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सञ्चालित योजनाको अनुगमन गर्ने र यहाँका अगुवा नागरिकहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

  • सेती कर्णाली खबर
  • -