October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सरकार विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आह्वान

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख २०, २०८० 0८:0४
सरकार विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आह्वान

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ
‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक बालुवाटारमा बस्दै छ’, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि  तिमिल्सनाले भने,  ‘नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुनेछ ।’
उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ । तर, रास्वपाले गृह मन्त्रालयसहित साविकका मन्त्रालय पाए मात्रै सरकारमा जाने अडान राखेको छ । यदि रास्वपा सरकारमा आए गठबन्धनमा रहेका दलबीचको भागबन्डामा साटफेर हुन सक्नेछ ।

  • सेती कर्णाली खबर
  • -