October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सडक र पर्यटन बिकाश पहिलो प्राथमिकतामा राख्छु: सांसद शाही

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख १८, २०८० १५:१६
सडक र पर्यटन बिकाश पहिलो प्राथमिकतामा राख्छु: सांसद शाही
  1. बाजुरा — सदुर पश्चिम प्रदेश बाजुरा प्रदेश (ख) बाट निर्बाचित सांसद पदम बहादुर शाहीले बाजुराको बिकाशका लागि सडक र पर्यटन बिकासमा जोड दिने बताएका छन । आईतबार बिहान प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रदेस सभा सदस्य शाहीले यस्तो बताएका हुन ।
    बिकाशको मेरुदण्डको रुपमा मानिने सडकहरुको स्तरोन्ती र थप सडकहरुको लागि आफु प्रदेश सभामा माग गर्ने र प्राथमिकताका आधारमा सडक र पर्यटन गन्तब्यहरुमा सडक संजालीकरण गर्ने पहिलो उदेस्य रहेको बताए । जिल्लाका बडिमालिका खप्तड लगायतका क्षेत्रको पर्यटन पर्बद्धन गर्न बिकासे कार्यक्रमहरुलाइ प्राथमिकता दिने सांसद शाहीले पत्रकार सम्मेलन मार्फत बताएका छन ।
    त्यसै गरी बाजुराका सबै स्थानिय तहमा एक वटा खेलमैदानको अवधारणा सहित बजेटमा समेट्ने बताएका छन । प्रदेश सरकारबाट आयोजनका रुपमा रहेका गौरवका योजनाहरुलाई निरन्तरता दिने र बाकी सडकहरुमा गौमुल बझाङ सडक, बाम्का देखी खप्तड, मार्तडी बडिमालिका सडक लगायतका सडकहरु बनाउन पहल गर्ने सांसद शाहीले बताए ।
    प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनका प्रमुख अतिथि प्रदेश सभा सदस्य पदम बहादुर शाही रहेका थिए । प्रेस यूनियन बाजुराका सचिव प्रशान्त जोशीले संचालन गरेको कार्यक्रममा पत्रकार लगायत अन्यकाे समेत उपस्थिती रहेको थियो ।
  • सेती कर्णाली खबर
  • -