October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र १७, २०७९ १0:५२
बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

बाजुरा — बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने भएको छ । कामलाई चुस्त दुरुस्त गर्न यो कार्यक्रम ल्याएको नगर प्रमुख राम बहादुर बानियाले बताएका छन । बुढिगंगा नगरपालिकाका नगरप्रमुख बानियाँले यो आर्थिक बर्षलाई बिकासको आधार बर्षको रुपमा लिएको बताएका छन । बिहिबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख बानियाले यस्तो बताएका हुन ।
पत्रकार सम्मेलनमा नगर प्रमुख बानियाँले यो बर्ष नगरपालिकालाई आवस्यक पर्ने नितिहरु बनाउने र केही बिकासका कार्यक्रमहरुलाई अगाडी बढाएको बताए । बुढिगंगा नगरपालिका भित्र रहेको साँफेँ मार्तडी सडकको बल्दे द्धवारी सडक लगायत केही बिकासका कार्यहरुको सूरुवात गरेको बताए । त्यसै गरी बाम्का फालासैन नगरपालिका हुदैँ स्वास्थ्य जोड्ने सडक, ताप्रीसेरा साविक बह्मतोला गाबिस भवन सम्म र बेतालमाण्डौ देखी त्रिसक्ती बयालचाका सडकको काम यो बर्षबाट नगरपालिकाको बहुबर्षिय काम गर्न थालेको बताएका छन ।
यो आर्थिक बर्षमा नगर प्रोफाएल लगायत नगर आवधिक योजना लगायतका निति बनाएर अगाडी बढ्ने पत्रकार सम्मलेन मार्फत जानकारी गराएका छन । यस अघि संचालन भएका योजनहरुका समयमै काम नगर्ने ठेकेदार हरुलाई यो बर्षमा कामहरु सम्पन्न गर्न निर्देशन दिइसकेको समेत जानकारी गराएका छन ।
नगरपालिकामा यस अघिका जनप्रतिनीधीहरुले १९ करोड ७४ लाख रुपैया बेरुजोमा राखेकोले कामहरु गर्न असहज भएको समेत नगर प्रमुख बानियाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन । त्यसै गरी आर्थिक बर्ष ०७८/०७९ मा निमाणर् कार्य सम्पन्न भएका ६२ योजनको समेत भुक्तानी नभएर दायित्व सृजना भएकोले भुक्तानीमा कठिनाई भएको बताएका छन । ६२ योजनको ५ करोड ६० लाख रुपैया दिन बाकि रहेकोले नगरपालिकालाई समस्या भएको नगर प्रमुख बानियाले बताएका छन्

  • सेती कर्णाली खबर
  • -