October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अनेरास्ववियु महासचिवमा बाजुराका नरेश रोकाया बिजयी

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ५, २०७९ 0१:३४
अनेरास्ववियु  महासचिवमा  बाजुराका नरेश रोकाया बिजयी

नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय महासचिवमा बाजुराका नरेश राेकाया विजयी भएका छन् । गए राति भएको निर्वाचनबाट  महासचिवमा  राेकाया  विजयी भएका हुन् ।

नयाँ नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । अखिलको  अध्यक्षमा  समिक बडाल बिजयी भएका छन ।  बडालसहित आरसी लामिछाने, मोती बिकलगायतले उम्मेदवारी दिएका थिए।

त्यसै गरी उपाअध्यक्षमा गाेबिन्द गिरी, नयन घर्ती र मर्यादा बिष्ट बिजयी भएका छन ।  कोषाध्यक्षमा संगम अर्याल, सचिवमा संजिव धिताल, सन्जु कडरिया, प्रकाश पाैडेल, दिपेश पर्साइ, अन्जना सिवाकाेटी, आरती भट्टराइ र बिनिता काफ्ले बिजयी भएका छन ।

विद्युतीय मेसिनमार्फत भएको मतदानमा १ हजार ५ सय १७ मत खसेको थियो । १ सय ९९ केन्द्रीय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिए

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ५, २०७९ 0१:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट