October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाल रेडक्रस सोसाइटी द्वारा जिल्ला अस्पताललाई प्रजनन् स्वास्थ्य सामाग्री हस्तान्तरण

  • सेती कर्णाली खबर
  • सोमवार, माघ २३, २०७९ 0५:२७
नेपाल रेडक्रस सोसाइटी द्वारा जिल्ला अस्पताललाई प्रजनन् स्वास्थ्य सामाग्री  हस्तान्तरण

बाजुरा — नेपाल रेडक्रस साेसाइटी द्वारा जिल्ला अस्पताल बाजुरालाई प्रजनन स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्र संघिय जनसंख्या काेष UNFPA काे आर्थिक सहयाेगमा र जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला अस्पताल बाजुराकाे समन्वयमा साे सामाग्री हस्तान्तरण गरेको नेपाल रेडक्रस साेसाईटी बाजुराका सभापति रम बहादुर शाहीले बताएका छन ।
आइतबार एक कार्यक्रमका बिच साे सामाग्री जिल्ला अस्पताल बाजुरालाई हस्तान्तरण गरेकाे नेपाल रेडक्रस साेसाइटी बाजुराका सभापति शाहीले बताए ।

माघ १० गते गएको भुकम्पबाट पिडित महिला, किशोरी र गर्भवती महिला लगायत अन्य प्रभावितहरु प्रजजन सेवाकाे पहुँच बाट वञ्चित नहुन भन्ने उदेश्यका साथ साे सामाग्री अस्पताललाई हस्तान्तरण गरेकाे संयुक्त राष्ट्र संघिय जनसंख्या काेष(UNFPA) का आत्माराम न्युाैपानेले बताएका छन ।
विपतकाे समयमा प्रजनन सम्बन्धि सेवाहरु अबरुद्ध नहुन भन्नका लागि महिला, किशोरी तथा गर्भवती महिलाहरुका लागि स्वास्थ्य सामाग्री वितरण गरेको न्याैपानेले बताए ।
भुकम्पबाट पिडित जिल्लाका अन्य पालिकाका विभिन्न ठाउँमा भए पनि केही समस्या पर्दा जिल्ला अस्पतालमा आएर उपचार गर्न सजिलो हाेस भन्नका लागि जिल्ला अस्पतालमा सामाग्री वितरण गरेकाे संयुक्त राष्ट्र संघिय जनसंख्या काेष(UNFPA ) का अलिसा घिमिरेले बताइन । जिल्ला अस्पताल बाजुरालाई नेपाल रेडक्रस साेसाइटी, संयुक्त राष्ट्र संघिय जनसंख्या काेष UNFPA लगायत विभिन्न संघ संस्थाहरुले स्वास्थ्य सामाग्री वितरण गरेकाे भन्दै धन्यवाद दिदै जिल्लाबासीले उपचारका लागि सहजरूपमा आउन पनि जिल्ला अस्पतालका सुचना अधिकारी नृपराज गिरीले अनुरोध गरेका छन ।
उक्त स्वास्थ्य सामाग्री  बडिमालिका नगरपालिका का प्रवक्ता धर्मराज पाध्यायले हस्तान्तरण गरेका थिए ।  कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी बाजुराका सभापति रम बहादुर शाही, जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रेरित देवकाेटा, सुचना अधिकारी नृपराज गिरी, संयुक्त राष्ट्र संघिय जनसंख्या काेष (UNFPA) का आत्माराम न्युाैपाने, अलिसा घिमिरे, जिल्ला प्रशासनका चक्र बाेहाेरा, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे । स्रोत- badimalikakhabar

  • सेती कर्णाली खबर
  • -