October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

ठकुरी सहयोग सन्जाल कतारको बृहत बनभोज कार्यक्रम हुने

  • सेती कर्णाली खबर
  • बुधबार, माघ १८, २०७९ 0८:0८
ठकुरी सहयोग सन्जाल कतारको बृहत बनभोज कार्यक्रम हुने

ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रमको आयोजना गरेको छ ।  प्रवासीएका मेचि- महाकालिका ठकुरीहरु मिलेर ठकुरीको कला संस्कृति जोगाउदै  नेपाली समाजमा भइपरी आउने समस्या समाधान गर्दै  ठकुरी सहयोग सञ्जाल कतार आइरहेको छ।  “सभ्य भाषा ,सभ्य संस्कृति,हाम्रो पहिचान,शैक्षिक तथा आर्थिक समृद्धिका साथ सहयोग र सद्भभाव सबैमा विश्वब्यापी हाम्रो अभियान ” भन्ने मुल नाराका साथ सन : २०१४ मा उमेश जङ्ग शाहीको अध्यक्षतामा स्थापना भएको ठकुरी सहयोग सञ्जाल कतारमा रहेका स्थानिय कलाकार हरुको साँस्कृतिक प्रस्तुतिमा बृहत् बनभोज कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष केशु ठकुरीले सेतीकर्णाली खबरलाई लाई बताए ।

आउँदो १० फेब्रुअरी शुक्रबारका दिन कतारको  सहानिया स्थित अलदोसरी गार्डेनमा आयोजना हुन लागेको बनभोज कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाईदिन कतारमा स्थापित सम्पूर्ण सामाजिक तथा वैचारिक संघ-संस्थाका प्रमुखहरु, व्यवसायी, संचारकर्मी, कलाकार तथा साहित्यकारहरु,  कतारलाई कर्मथलो बनाईरहेका सम्पूर्ण नेपाली प्रवासी दाजुभाई तथा दिदि बहिनिहरु सबैमा आयोजक संस्था ठकुरि सहयोग सन्जाल कतारले अनुरोध गरेको छ।

  • सेती कर्णाली खबर
  • -