October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक भेटियो

  • सेती कर्णाली खबर
  • मङ्लबार, माघ १७, २०७९ 0७:१६
लुकाएर  राखेको अवस्थामा  भरुवा बन्दुक भेटियो

१७ माघ बाजुरा –  हिमाली गाउँपालिका–३ युनामा पर्ने कवाडी खोलाको बगरको नजिकै रहेको झाडीमा भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा सोमबार दिउँसो प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी विच्छ्याबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला पारी बरामद गरेको हो । बन्दुक खोलाको किनारको झाडीमा कसले लुकाएर राखेको हो,भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • -