October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा ११औँ गाउँसभा सम्पन्न

  • सेती कर्णाली खबर
  • आइतवार, माघ ८, २०७९ 0७:११
हिमालीमा ११औँ गाउँसभा सम्पन्न

 

बाजुरा-  हिमाली गाउँपालिकाको ११ औं गाउँ सभा हिजो सम्पन्न भएको छ।

“स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार दीर्घकालीन, दृष्टिकोण, सुशासन र गरिबी निवारण समुह हिमालीको आधार” भन्ने मुल अभियानका साथ गाउँ सभा सम्पन्न गरिएको छ। हिउँदे गाउँ सभा सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल रहनु भएको छ। हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की सातै वडा अध्यक्ष वडा सदस्य गाउँ कार्यपालिका सदस्य पालिकाका शाखा प्रमुख लगायत सबै कर्मचारी सहित पत्रकार लगायत उपस्थितिमा ११ औं गाउँ सभा सम्पन्न गरिएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले  जानकारी दिएका छन।

हिमाली गाउँपालिकाको ११ औं गाउँ सभा माघ ७ गते सनिश्चवारको दिनमा हिउँदे गाउँ सभा भव्य रूपमा गरिएको बताएको छ। हिमाली गाउँपालिकाको सार्बजनिक खरिद निमावली २०७९, अनुगमन तथा सुपरिवेक्षण समितिको कार्य संचालन कार्यविधि २०७९, सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा निर्देशिका कार्यविधि २०७९, लगायत गाउँ सभा बाट सर्व सहमतिका पारित गरिएको हिमाली गाउँकार्यपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताए।

गाउँ सभा असोज महिनामा भएको अविरल वर्षाले गरेको सबै वडा बस्तीमा पुर्‍याको क्षति र बिपत व्यवस्थापन रकमान्तर गरिएको बताएको छ। गाउँ सभा पारित गरेको कार्यविधि लाई कार्यन्वयन गर्ने गाउँपालिका प्रतिनिधि तथा कर्मचारी विशेष जोड दिनुपर्ने छ। गाउँपालिका सुखी हिमाली र समृद्धि हिमाली बनाउन हामी सबैको हातेमालो तिव्र गतिमा  हुनुपर्ने  गाउँपालिका अध्यक्ष तथा गाउँ  सभाका अध्यक्ष गोबिन्द बहादुर मल्लको भनाइ थियो।

  • सेती कर्णाली खबर
  • आइतवार, माघ ८, २०७९ 0७:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट