July 20, 2024 | शनिबार, साउन ५, २०८१

सरकारमा सहभागी हुनेबारे एकीकृत समाजवादी अनिर्णित, निर्णयको जिम्मा केन्द्रीय सचिवालयलाई

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस १९, २०७९ १0:२३
सरकारमा सहभागी हुनेबारे एकीकृत समाजवादी अनिर्णित, निर्णयको जिम्मा केन्द्रीय सचिवालयलाई

१९ पुस, काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकिएको छ ।

मंगलबार पोलिटब्युरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘ सरकारमा सहभागी हुनेबारे पोलिटब्‍युरो बैठकले केन्द्रीय सचिवालयलाई संयोजन गर्ने अधिकार प्रदान गरेको छ । केन्द्रीय सचिवालयले यसको बारेमा आवश्‍यक अध्ययन, अनुसन्धान, विचार विमर्श गरेर अन्तिम निर्णय लिनेछ ।

  • सेती कर्णाली खबर
  • -