October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बिनाकारण करार कर्मचारी हटाइएको भन्दै नगरपालिकामा ताला बन्दी – सेतीकर्णाली खबर

  • सेती कर्णाली खबर
  • आइतवार, पुस ३, २०७९ 0९:४३
बिनाकारण करार कर्मचारी हटाइएको भन्दै नगरपालिकामा ताला बन्दी – सेतीकर्णाली खबर

 ३ पुस बाजुरा- जिल्लाको बडिमालिका नगरपालिकाको कार्यालयमा ताला बन्दी गरिएको छ । करार कर्मचारीको म्याद थप नगरी हटाउने निर्णय गरेपछि नगरपालिका द्वारा म्याद थप नगरिएका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाको १३ औ बठैकले केही कर्मचारीहरुको म्याद थप नगर्ने भन्ने निर्णय गरेको थियो ।

आफुहरुलाई जागिर बाट निकाल्नाका कुनै कारण नदेखाइ बिना कारण राजनितिक पुर्वाग्रह अनुसार  नेपाली कांग्रेसको स्थानिय सरकारले भर्ति गरेका कर्मचारीलाई गत वैशाख ३० गते स्थानिय तहको निर्वाचनमा  नेकपा एमालेको स्थानिय सरकार आएकोले करार कर्मचारीको सम्झौता म्याद थप नगरी कर्मचारी हटाइएको सुचना सार्वजनिक गरेको हुँदा आफुहरुले ताला लगाउन बाध्य भएको एक कर्मचारीले बताए ।

बडिमालिका नरपालिकाको मंसिर २९ गते बसेको बैठकले नगरपालिकाको मातोहतका वडा कार्यालय ,स्वास्थ्य चौकी , सहरी स्वास्थ्य केन्द्र अन्तगर्तका कर्मचारीहरुको पुस १ गते बाट नियुक्ती म्याद नथप्ने निर्णय गरेको थियो ।

नरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका,सूचना प्रविधि अधिकृत,पञ्जिकरण कार्यक्रमअन्तर्गतका,युनिसेफ अन्तर्गतका कर्मचारी,साविकको गाउँविकास समितिको कार्यलयबाट समायोजन भइ आएका,कृषि प्रसार अधिकृत, २०७४ साल भन्दा अगाडि नियुक्ती भएका कर्मचारीहरु बाहेक अरु सबै कर्मचारीहरु पुष १ गते बाट म्याद थप नगरी हटाएको छ ।

सो नगपालिकामा नेकपा एमाले निर्वाचित भइसकेको पछि नगरपालिकाले प्रदान गर्ने सेवा सुविधामा राजनितिक आस्थाका आधारमा विभेद गर्ने गरेको स्थानियको जनगुनासो रेहेको छ ।

बडिमालिका नगरपालिकाका सबै वडाहरूमा ताला लगाउने काम भइरहेको रमेश थापाले जानकारी दिएका छन । आफ्ना मागहरू पुरा नहुदाँ सम्म ताला नखोलिने पिडित कर्मचारीले अडान लिएका छन् ।

  • सेती कर्णाली खबर
  • आइतवार, पुस ३, २०७९ 0९:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट