October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

तारा एयरको जहाजमा चरा ठोक्कियो

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर २१, २०७९ 0९:५७
तारा एयरको जहाजमा चरा ठोक्कियो

२१ मंसिर, हुम्ला । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो ।

अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् ।

दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल अवतरण गरेका छन् । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना थिए ।

  • सेती कर्णाली खबर
  • -