October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा गठबन्धनका उम्मेदवार पाण्डे र शाही बिजयी

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर १८, २०७९ 0५:४३
बाजुरामा गठबन्धनका    उम्मेदवार   पाण्डे र शाही बिजयी

बाजुरा,१८मंसिर : बाजुरामा गठबन्धनका साझा उम्मेदवार भारी मतले विजयी भएका छन् । प्रतिनिधी सभामा पाण्डे तथा प्रदेश सभा (क) र (ख) दुवै क्षेत्रमा शाही  विजयी भएका हुन । प्रतिनिधी सभा सदस्यको अन्तिम नतिजा संगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिजय घोषणा गरिसकेको छ।

प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले ३१ हजार ७८६ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले घोषणा गर्नु भएको छ । पाण्डेका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाउनु भएको छ । पाण्डेले एमालेका थापालाई पाँच हजार ४३७ मतले पराजित गर्नु भएको हो ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका २०७,जनता समाजवादीका रामबहादुर शाहीले ७३ र स्वतन्त्र टेकबहादुर बडुवालले ११४ मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसका सह–महामन्त्री समेत रहेका पाण्डेले पहिलो पटक प्रत्यक्ष रुपमा चुनाव लड्नु भएको हो । विद्यार्थीदेखि राजनितिमा रहेका पाण्डेले २०७० मा संविधान सभाका समानुपातिक सांसद र २०७४ मा राष्ट्रिय सभा सदस्य बन्नु भएको थियो ।

उहाँका निकटम प्रतिद्धन्द्धी एमालेका कर्णबहादुर थापा एमाले स्थायी कमिटी सदस्य हुनुहुन्छ । उहाँ २०७०मा संविधान सभा सदस्य जितेर उद्योगमन्त्री बन्नु भएको थियो । यसैगरी प्रदेश निर्वाचन क्षेत्र १ मा एकिकृत समाजवादीका नरेश शाहीले १० हजार ९ सय ७३ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निटकम प्रतिद्धन्द्धी नेकपा एमालेका बल्देव रेग्मी  ८हजार ६ सय३२ मत ल्याउनु भएको छ । भने नेकपा माओवादी केन्द्रका कर्णबहादुर वि.क.ले  १हजार ९८ मत पाउनु भएको छ ।

त्यसैगरी प्रदेश सभा २ मा नेपाली काँग्रेसका पदमबहादुर शाही विजयी हुनु भएको छ । उहाँले २० हजार १ सय१९ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमाले लाल बहादुर थापाका १७ हजार ५सय२१ मत पाउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी १२२ मत र स्वतन्त्र उम्मेदवार जनक रावलले १५५ मल ल्याउनु भएको छ । जिल्लाका कुल ८३ हजार ५६७ रहेको छ । कुल मतदातासंख्याको ५९ हजार ७५७ मत खसेको थियो ।

  • सेती कर्णाली खबर
  • -