September 14, 2025 | आइतवार, भदौ २९, २०८२

हिमालीमा २३ घरपरिवारले एमाले छोडेर भए काङ्ग्रेसमा प्रवेश

  • सेती कर्णाली खबर
  • मङ्लबार, कार्तिक २२, २०७९ १४:३0
हिमालीमा २३ घरपरिवारले एमाले छोडेर भए काङ्ग्रेसमा प्रवेश

उमेश रोकाया ,२२ कार्तिक, बाजुरा–  हिमाली गाउँपालिका वडा न.५ को नेपाली काङ्ग्रेस घरदैलो अभियानमा बच्छ्या र कियुरी गाउँमा नेकपा एमाले पाटी परित्याग गरी दुई गाउँमा २३ घरपरिवार नेपाली काङ्ग्रेस पाटी प्रवेश गरेका छन ।

नेपाली काङ्ग्रेस घरदैलो अभियानमा नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश बिक, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति पाटी सभापति अमलाल कार्की र हिमाली गाउँकार्य समिति सचिब बिष्णुभक्त रावत लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा  एक कार्यक्रम सम्पन्न भएको  हिमाली गाउँ कार्य समिति पाटी सभापति  कार्कीले बताए ।

सो कार्यक्रममा  बच्छयाँका १५ मलाल घरपरिवार र कियुडी गाउँमा ८ घरपरिवार गरी २३ घरपरिवार नेकपा एमाले पाटी परित्याग गरी नेपाली काङ्ग्रेस पाटी प्रवेश गरिएको नेपाली काङ्ग्रेस गाउँ कार्य समिति सचीव बिष्णुभक्त रावलले सेतीकर्णाली खबरलाई जानकारी दिएका हुन।

मङ्सिर चार गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन लाई लक्ष्यित गर्दै गाउँ गाउँमा घरदैलो अभियान गरिएको गरिएको हो ।

  • सेती कर्णाली खबर
  • -