October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेता र कर्मचारीकोे पैसा कहाँ लुकाउने भन्ने चिन्ताले मुलुक बिग्रियो : मन्त्री चौधरी

  • सेती कर्णाली खबर
  • बुधबार, साउन १८, २०७९ १३:३८
नेता र कर्मचारीकोे पैसा कहाँ लुकाउने भन्ने चिन्ताले मुलुक बिग्रियो : मन्त्री चौधरी

शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् । बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे तीन दिने गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति जोड्ने, कमिसनमा ध्यान दिने र कर्मचारी पनि त्यही क्रियाकलापमा संलग्न हुने गरेको मन्त्री चौधरीको भनाइ थियो ।  नेता, मन्त्री र सरकारी कर्मचारी नै अकुत सम्पत्ति आर्जन गरेर पैसा कहाँ लुकाउने भन्ने चिन्ता गर्न थालेपछि देश बिग्रियो । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ’, उनलेभने सबैको सकारात्मक प्रतिबद्धताले मात्र देश निर्माण हुन सक्ने बताउँदै मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मन्त्रालयले कार्य प्रगति र कार्यक्रम कार्यान्वयनमा थप फड्को मार्ने विश्वास व्यक्त गरे । सो कार्यक्रममा मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले मन्त्रालयले हासिल गरेको प्रगतिलाई थप बढाउँदै लैजान अधिकारीहरुलाई निर्देशन दिए । मुलुक निर्माणका लागि राष्ट्र सेवक कर्मचारीले नयाँ मानसिकताका साथ काम गनुपर्ने उनले  बताए ।

मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुले  तीन दिनसम्म गत आवको प्रगति विवरण तथा आगामी कार्यक्रम कार्यान्वयनबारे छलफल गर्ने कायक्रम रहेको जनाइएको छ ।साभार -nayapatrikadaily.com

  • सेती कर्णाली खबर
  • -