October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिनन्दा मन्दिर सम्म जाने छाप्रे पाटन हुँदै कुरु धौली पदमार्ग तथा अथिती गृह निर्माणकार्य सम्पन्न

  • सेती कर्णाली खबर
  • बुधबार, साउन १८, २०७९ १0:00
बुढिनन्दा मन्दिर सम्म जाने  छाप्रे पाटन हुँदै  कुरु धौली पदमार्ग  तथा अथिती गृह निर्माणकार्य सम्पन्न

बाजुरा- बुढिनन्दाको छाप्रे पाटनको कोल्टी कुरु धौली पदमार्ग तथा अथिती गृह निर्माणकार्य सम्पन्न भएको छ।

बुढिनन्दा नगरपालिका क्षेत्र छाप्रे पाटनको भवन १ करोड १९ लाख ४२ हजार ७ सय १५ रुपैया ४४ पैसामा निर्माण योजना सम्पन्न भएको छ। निर्माण व्यसायको उषा कन्स्ट्रक्सन जगन्नाथ वडा न.०१ को रहेको छ। निर्माण योजना सम्झौता मिति २०७९/०३/१५ गते गरेको छ। भने सम्पन्न मिति २०७९/०४/१५ निर्माणकार्य सम्पन्न गरिएको छ।

पाैराणीक, एैतिहासिक, पर्यटकीय एवं धार्मिक तिर्थस्थल बुढीनन्दा माईकाे मन्दिर जाने पदमार्गकाे हो। यसको करिव ३५०० मिटर १२०० फिट अग्लाे छाप्रे पाटनमा आधुनिक किसिमकाे अतिथी गृह निर्माण र पदमार्ग सम्पन्न भएकाे छ। ठेक्का पाएकाे एक महिना भित्र काम सम्पन्न गरि बुढीनन्दा माईकाे मेला लाग्न एक साता अगाडी काम सम्पन्न भएकाे छ ।

उक्त काेल्टी, कुरु, धाैली पदमार्ग तथा अाधुनिक अतिथि गृह निर्माणका लागि अनुगमन समिति संयाेजक एवं बुढीनन्दा नगरपालिका वडा न. ३ का वडा अध्यक्ष जंगविर राेकाया, कार्यपालिका सदस्य जनक भण्डारी, हिक्मत वड, पुजारी रत्नचन्द्र वाेहरा, नागरिक समाज, सामुदायिक रेडियो सिम्भुनाथ सामुदायिक रेडियो अध्यक्ष सर्पलाल गिरी टोली सहित टोलि निर्माण योजना अनुगमन रहेको छ।

हेटाैंडाबाट दक्ष मिस्री र ईन्जिनियर झिकाई साइड सुपरभाइजर खड्गराज गिरी, र स्थानीय मिस्त्री घनश्याम बुढा लगायत कुरु, डाेग्डावाडा, चाेलु, नुरी, बड्डाला लगायतका मिस्त्रि र कामदारहरु रहेका थिए । पाटनकाे झरि, बर्षा र प्रतिकुल माैसमकाे प्रवाह नगरि अाधुनिक भवन र पदमार्ग निमार्ण सम्पन्न भएकाे सामुदायिक रेडियो सिम्भुनाथ सामुदायिक रेडियो अध्यक्ष सर्पलाल गिरीले बताउनु भएको छ।

  • सेती कर्णाली खबर
  • -