October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीकाे छापा, १५० जना प्रहरीकाे नियन्त्रणमा

  • सेती कर्णाली खबर
  • सोमवार, साउन ९, २०७९ १0:४४
चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीकाे छापा, १५० जना प्रहरीकाे नियन्त्रणमा

काठमाडौं। काठमाडौंमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको हो ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार विशेष सूचनाका आधारमा परिसरको टोलीले सोमबार बिहानदेखि तीनकुनेका विभिन्न स्थानमा छापा मार्ने क्रम जारी छ ।

यसअघि आइतबार रुपन्देहीको तिलोत्तमा–२ जानकी नगरमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरमा नौजना सञ्चालकसहित १५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । साभार – जनता समाचार डटकम

  • सेती कर्णाली खबर
  • सोमवार, साउन ९, २०७९ १0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट