October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिकाले गर्यो बिच्छ्याँ र कवाडीमा पञ्जिकरण सेवा सञ्चालन

  • सेती कर्णाली खबर
  • बुधबार, साउन ४, २०७९ 0९:0१
हिमाली गाउँपालिकाले गर्यो बिच्छ्याँ र कवाडीमा पञ्जिकरण सेवा सञ्चालन

बाजुरा- हिमाली गाउँपालिकाको बिछच्या र कवाडीमा अस्थायी पन्जिकरण सेवा सन्चालन गरिएको छ।

असार ३१ गतेको गाउँ कार्यपालिकाको बैठक बसि निर्णय गरिएको हो। सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा कार्यपालिका बैठक सन्चालन गरिएको हो, उपाध्यक्ष राजकला सार्की, सातै वडा का वडा अध्यक्ष, गाउँ सभा सदस्य, कार्यपालिका सदस्य तथा हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी लगायत सहभागितामा कार्यपालिका बैठक बसि निर्णय गरिएको हो ।

हिमाली गाउँपालिका वडा न.१ को वडा कार्यालय बिच्छया र वडा न.५ को वडा कार्यालय कवाडी लाई केन्द्र राखी पन्जिकरण सेवा दिनका लागि एक/एक स्थाइ कर्मचारी खटाइएको छ। बिच्छ्याँ विशेषगरी वडा न.१,२ र ३ का स्थानियबासिन्दाले सहजरूपमा  पन्जिकरण सेवा पाउने भएका छन।

त्यसै गरि वडा न.५ र वडा न.२ को नजिक पर्ने बस्तिका मान्छे हरुलाई सहजीकरण गर्नको निम्ति कवाडीमा पाइ पर्ने स्थान भएको हुँदा उक्त वडा न.५ को कार्यालयमा पञ्जिकरण सेवा लागि स्थाइ कर्मचारी खटिएको हिमाली गाउँपालिका नि.प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताए।

गाउँपालिका भन्दा टाढाको वडा पर्ने हुँदा विशेषगरी विच्छ्या र कवाडीमा पन्जिकरणका अस्थायी रुपमा कार्यालय सन्चालन गरिएको छ। सबै कामहरु पाइ पर्ने वडा तोकेको ठाउबाट सेवा प्रवाह हुनेभएको छ। टाढा बाट आवतजावत गर्ने निकै समस्या र खर्छ बढने हुँदा अब नजिकैबाट पन्जिकरण सेवा दिने उदेश्य का साथ अस्थायी  पन्जिकरण  कार्यालय स्थापना  गाउँपालिकाले गरेको छ।    स्थानिय बासीका दुख पिडालाई मध्यनजर राखदै पञ्जिका बाट हुने व्यक्तिगत  घटना , जन्मदर्ता, मृत्युदर्ता, बिवाहा दर्ता, बसाइँसराइ जस्ता कामकाजहरु सहज तरिकाबाट सेवा पाउने भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको दावि छ।

हिमाली गाउँपालिका वडा न.१ को वडा कार्यालय विच्छया र वडा न.५ को वडा कार्यालय कवाडीमा पञ्जिकरण सेवा दिने भएको छ। साउन १ गते देखि पञ्जिकरण सेवा सञ्चालन गरिएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, साउन ४, २०७९ 0९:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?