March 21, 2025 | शुक्रबार, चैत्र ७, २०८१

बुढिगंगा वडा नं ५ भानुदय माबि मतदानस्थलमा२६६ मत खस्यो ।

  • सेती कर्णाली खबर
  • बिहिबार, असार २३, २०७९ 0४:२0
बुढिगंगा वडा नं ५ भानुदय माबि मतदानस्थलमा२६६ मत खस्यो ।

उमेश जङ्ग शाही
२३ असार बाजुरा , बुढिगंगा नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा 266 मत खसेको छ । (क) मतदान केन्द्र मा 139 भने(ख ) मतदान केन्द्र मा 127 मत खसेको छ। स्वतन्त्र र मर्यादित ढंगले मतदान भइरहेको बुढिगंगा नगरपालिकाको स्थानिय निर्वाचन कार्यालय अधिकृत लक्ष्मण बहादुर कठायतले जानकारि दिनुभयो । एमालेबाट वडाअध्यक्षका उम्मेदवार चक्र थापा हुन भने नेपाली काङ्ग्रेसबाट वडाअध्यक्षका उम्मेदवार खडक थापा हुन् । बिहान 9:30 बजेको अपडेट हो । अरु मतदान केन्द्रको जानकारी प्राप्त हुन बाँकि छ।

बाजुरा जिल्ला बुढिगंगा नगरपालिकाको१०वटा मतदान स्थल र १९ वटा मतदान केन्द्रमा मतदान हुदैँछ ।अधिकृत र सहायक मतदान अधिकृत लगायत ९५ जना कर्मचारी खटाईको छ भने हजारौं को संख्यामा सुरक्षा कर्मि तैनाथ अवस्थामा छन।बुढिगंगामा नगरपालिका १२ हजार ६ सय ५९ मतदाता रहेका छन् । वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निणर्य गरेको थियो । बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसक्दा फेरि आज स्थानिय तहको निर्वाचन भइरहेको छ। बुढिगंगा नगरपालिकाका सबै मतदान स्थलमा स्वतन्त्र रुपमा मतदान भइरहेको निर्वाचन अधिकृत लक्ष्मण बहादुर कठायतको भनाइ रहेको छ। वडानं ५ भानुदय माबिमा रहेको क र ख मतदान स्थलको बाहिर गेट बाट 10 /10 जना मतदाता मतदान गर्न पठाउने गरिएको छ । 10 जना मतदान गरेर बाहिर फर्के पछि मात्र 10 जनलाइ मतदान गर्न पठाउने गरिएको छ। मतदान बिहान 7 बजे देखि सुरु भएको हो ।बुढिगंगाको निर्वाचनमा १० वडाका वडाअध्यक्ष,सदस्यसहित नगर प्रमुखमा एमालेका राम बहादुर बानिया र काँग्रेसका रङ्ग खाती तथा उपप्रमुखमा एमालेबाट माया खड्का र काङ्ग्रेसबाट रिता शाही उम्मेदवार हुन।
बाजुरा बुढिगंगा नगरपालिकाको पुन: निर्वाचन बडो चासोको रुपमा हेरिएको छ।

  • सेती कर्णाली खबर
  • -