October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

डोटी स्थित सेति नदीको किनारमा एक शव फेला

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार १७, २०७९ १३:४९
डोटी स्थित सेति नदीको किनारमा एक शव फेला

किरण धामी : डोटी
१७ असार-जिल्लाको शिखर नगरपालिका ११ तल्लिसात स्थित सेती नदीमा एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रवार शवलाई स्थानीयले देखेका थिए ।
अहिले शव फेला परेको स्थानमा जिल्ला प्रहरी कार्यालय डोटीको टोली खटिएको र शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले बताए । शव सडेको अवस्थामा रहेकाले महिलाको हो की पुरुषका भन्ने खुल्न नसकेको पनि उनले बताए ।सेती नदीले उनलाई बगाए ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । थप अनुसन्धान पछि मात्रै भन्न सकिने प्रहरीले बताएको छ ।

  • सेती कर्णाली खबर
  • -