October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिनन्दा नगर कार्यपालिकाले हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ १९, २०७९ 00:४५
बुढिनन्दा नगर कार्यपालिकाले हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने

बाजुरा- जिल्ला उत्तरपुर्वि क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका नगर कार्यसमितिको पहिलो बैठकले महत्त्वपूर्ण निर्णय गरेका छन्।
बैठकले प्रत्यक्ष जनताले मेयर संग सम्पर्क राख्न सक्ने भएकाले हेलो मेयर कार्यक्रमको सञ्चालन गर्ने भएका छन।

१ न्यायक समिती गठन
२ विषयगत समिती गठन।
१ आर्थिक विभाग :- केशर ब शाही
२ सामाजिक विकाससमिति :- गजेन्द्र शाहि
३ पुर्बाधार विकास समिति :- नन्दराज गिरि
४ वातावरण तथा विपदब्यवस्थापन :- छत्र मल्ल
५ संस्थागत तथा सुसासन विभाग :- मान बहादुर कार्की
३ नगरभित्र रहेका हलिया खलिया मुस्लिम जनजाति महिला र पछाडि पारेका बर्ग का कम्तिमा ५ जना बालबालिका लाई निशुल्क प्रविधिक शिक्षा अध्ययनका लागि नगरप्रमुख छात्रवृत्ति कार्यक्रम कार्यन्वयन गर्ने ।
४ कार्यपालिकाको प्रबत्ता गठन (जस्मा जङबिर रोकाया )
५ जनप्रतिनिधिले अनिवार्य ड्रेस लगाउने र पालिकाको लोगो निर्माण गर्ने ।
६ पद बाहाली गर्दा गरिएका निर्णय अनुमोदन गरेर कार्यान्वयन गर्ने
७ कोल्टी क्षेत्रमा बिधुत को राष्ट्रिय प्रशारण लाईन जडानको पहल अगाडि बढाउने र टेलिफोन सेवालाई पनि चुस्त सुचारु गर्न पहल गर्ने।
८ महिला हिस्सा ,जातीय छुवाछूत ,छाउपडी प्रथा तथा मदिरा नियन्त्रण गर्ने ।
९ कोल्टी क्षेत्रको ठूलो समस्याको रुपमा रहेको खानेपानी लाई ब्यबस्थापन गरि सुचारु गर्ने। १० नगर पालिका भित्रका ७० बर्ष भन्दा माथिका जेष्ट नागरिक लाई निशुल्क औषधि बितरण गर्ने ।
११ नगर भित्रका ७० बर्ष भन्दा माथिका जेष्ट नागरिक लाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने। १२ नगर भित्र रहेका गर्भवति तथा अन्य बिरामीहरुका लागि निशुल्क एम्बुलेन्सकाे ब्यवस्थाकाे कार्यन्वयन गर्ने । १३ यस नगरभित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र लगायत अन्य स्वास्थ्य केन्द्रकाे पुर्वाधार विकास र ब्यवस्थापनकाे लागि व्यापक सुधार ल्याउने निर्णय गरेका छन्।

  • सेती कर्णाली खबर
  • -