October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा सार्वजनिक बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • आइतवार, चैत्र २०, २०७८ ११:0८
हिमालीमा सार्वजनिक बहस तथा अन्तरक्रिया कार्यक्रम  सम्पन्न

उमेश जङ्ग शाही बाजुरा, बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको आर्थिक वर्ष
२०७४-२०७८ सम्म गरेको कामहरुको सार्बजनिक बहस तथा अन्तरक्रिया कार्यक्रम हिमाली गाउँपालिका धुलाचौरमा सञ्चालन भएको छ।
पिसविन नेपाल र महिला बिकास मन्च, बाजुराको सयुक्त सहयोगमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको महिला बिकास मन्चका सामाजिक परिचालक अम्मर भण्डारीले बताए ।सार्वजनिक बहस तथा अन्तरक्रिया कार्यक्रमको सञ्जालन संगिता तिमिल्सिनाले गरेकि हुन । प्रमुख वक्ता
हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल बिशिष्ट अथिती हिमाली गाउँपालिका उपाध्यक्ष चन्द्र देवी बुढा, अथिती हिमाली गाउँपालिकामालरहेका सम्पुर्ण वडा अध्यक्ष,
कार्यपालिका सदस्य, पिसविन बाजुराका कर्मचारी, महिला विकास मन्च बिकास बाजुराका कर्मचारी, सुरक्षा कर्मी,पत्रकारहरुको सहभागिता रहेको थियो । रेडियो बुढिनन्दाले जनतासंग अध्यक्षका ५ वर्ष अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरेको थियो ।
गाउँपालिकामा आफ्नो २०७४ को चुनावमा घोषणा पत्रमा उल्लेख गरे अनुसारको
शिक्षा क्षेत्रमा पालिका भरीका बिधालयमा स्वयंसेवक शिक्षाक नियुक्ति गरि गुणस्तरीय शिक्षा प्रदान गरेका छौ।प्रत्येक बिधालयमा धुलो मुक्त गरि बेन्च डेस्क र कार्पेट व्यवस्था गरेको छौ। उतिकै काम गरेका छौ ,स्वास्थ क्षेत्रमा सबै वडामा स्वास्थ सस्था स्थापना गरि चार वटा इकाई स्वास्थ सेवा केन्द्र स्थापना सहित कर्मचारी खटिएको छु। सामान्य तया बिरामीलाई स्वास्थ सेवा उपचार गाउँमै पाएका छन।
यातायात सुबिधा पालिकाका वडा ४, ५, ६, ७, वडा कार्यलय सम्म पुगाएको छु। वडा २ को रुम्दी को खोला तिर डोजर रोड निर्माणकार्य भइरहेको छ। सन्चार क्षेत्रमा वडा न.७ को बाधुको डाडामा राखेको छौ। वडा न. २ को रुम्दिमा बिछ्या सहित तल्लो भेगमा काम गर्ने गरि टावर संचालित भएको छ। पालिकामा २ दुई महिना अगाडिदेखि 3G नेटवर्क व्यवस्था गराइएको छ। ईन्टरनेट पहुँच बाट पनि सजिलोसँग काम गर्न निरन्तरता पाएका छन। जनताको आर्थिक अवस्था लाई माथि उठाउन फलफूल खेतीको लागि र खाद्य शुरक्षा संग वृक्षारोपण कार्यक्रमको सुरुवात गरेको गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज ब भन्डारिले बताउनु भयो । प्रतिव्यक्ति ४ वोटका दरले गाउपालिका भरि स्याउ२४००० , ओखर १३५००, कागति ४०००,अनार३०००,र आँपक १५०० वोट फलफुलका बिरुवा घर परिवार बराबर २० बोट फलफूलका बोट बितरण गरेको र फलफूलका बिरुवा लगाए वाफत प्रती बोट बराबर पाँच केजि चामल समेत उपलब्ध गराउने गरेको छ। यो बर्ष मात्रै हिमाली गाउँ पालिकाको वडा नम्बर एक बाममा कृषि ज्ञान केन्द्र बाजुरा र गाउँ पालिकाको साझेदारीमा १३ सय बोट एक बर्षमै फल्ने इटालियन फुजी स्याउ रोपिएको गाउपालिका अध्यक्ष मल्लको भनाइ छ । खानेपानी सबै वडामा आफू निर्वाचन भएको ४ महिना पछि आफू पहिलोपटक खानेपानी योजना हाली पानी खाने पुर्णरूपमा व्यवस्था गरेको गाउपालिकाको दाबि छ।
आफ्नो कार्यकालमा सम्म गरेको कार्यक्रम हरु ८०% कार्यसम्पादन गराइएको छौ। बाकी आफू पदमा रहे नरहे पनि समाज को लागी समस्य निहालेर जनता संगै काम गरिरहने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ।

  • सेती कर्णाली खबर
  • -