October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

क्यान्सर अस्पतालको अध्यक्षमा थापा निर्वाचित

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन २५, २०७८ 0९:५६
क्यान्सर अस्पतालको अध्यक्षमा थापा निर्वाचित

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले बाके जिल्ला  खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको छ ।

नवनियुक्त खजुरा क्यान्सर अस्पताल ब्यवस्थापन समितिको निर्णय अनुसार खजुरा गाउँपालिकाबासिको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको हो ।

बुधबार पदभार ग्रहण गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष किशोर थापाले खजुराबासीको आर्थिक तथा अन्नदानबाट सुरु भएको यस अस्पतालले खजुराबासीको लागी यो सुबिधा पाउनुपर्ने हक हो, त्यसैले हामिले पहिलो निर्णय नै खजुराबासीको लागी गरेका छौं, अध्यक्ष थापाले बताए ।

पदभार ग्रहण गर्दै अध्यक्ष थापाले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशक एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको यो अस्पताललाई चितवन पछिको नमुना अस्पताल निर्माणमा तपाईं हामी सबैको योगदान र सहयोग आवश्यक छ र त्यसको लागि आफु आशाबादी रहेको बताएका थिए ।

क्यान्सर अस्पतालले जुन किसिमले सेवा प्रवाह गर्दै आएको छ त्यसलाई निरन्तरता संगै केही नयाँ गर्न सकिने सम्भावना र सेवाको लागि आफ्नो टिम तत्पर रहेको अध्यक्ष थापाले बताएका थिए ।

नवनियुक्त अध्यक्ष थापाले क्यान्सर रोग उपचारको लागी चितवन तथा काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य गर्न खजुराबासीले क्यान्सर अस्पताल निर्माणमा जुन किसिमको योगदान पुराउनुभएको छ त्यसलाई अझै उचाइमा पुराउन केही नयाँ कार्य गर्ने बताएका छन् ।

उता पदभार ग्रहण कार्यक्रममा स्वागत मन्तव्य राख्दै अस्पताल बिकास समिती सदस्य शिव श्रेष्ठले प्रखर परोपकार मिसनको लागि छुट्टै अफिसको ब्यवस्था र केही बजेटको आवश्यक समेत महसुस भएको र सोको लागी नयाँ ब्यवस्थापन समितिले त्यसतर्फ ध्यानदिन सुझाव दिएका थिए ।

खजुरा क्यान्सर अस्पतालका मेसु कृष्ण प्रसाद आचार्यले क्यान्सर विशेषज्ञ अस्पतालको रुपमा पुर्णरुपमा अस्पताललाई संचालनको लागी केही इक्युपमेन्टको अहिलेपनी आवस्यक रहेको र सोको गर्न सके सेवाग्राहीको लागी बरदान साबित हुने बताएका थिए ।

त्यस्तै नवनियुक्त अस्पताल ब्यवस्थापन समितिको पदाधिकारीहरुले पहिलो बैठक कार्यालय सहयोगी संग गर्दै अस्पतालमा भएका सेवा सुबिधाको बारेमा छलफल गरेका थिए ।

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा सहित अस्पताल बिकास समितिको सदस्यहरुमा दिपा केसी, इमरान खा, सुर्यलाल यादवले पदभार ग्रहण गरेका छन् ।

  • सेती कर्णाली खबर
  • -